सर्लाही, २८ असार– चटयाङ लागेर सर्लाहीको हरिवन नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ ।
हरिवन–१० स्थित सागरनाथ वन विकास परियोजनाभित्र रहेको खेतमा काम गरिरहेका बेला चटयाङ लागेर स्थानीय ५५ वर्षीय अमरबहादुर गोलेको मृत्यु भएको हो ।
शनिबार बिहान ८:३० बजे चटयाङ लागेर घटनास्थलमै मृत्यु भएका गोलेको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले बताए ।