मकवानपुर, २८ असार– उपप्रधानमन्त्री तथा संघीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आम जनताका लागि विकासका पूर्वाधारको बााडफाँड र
आइपरेका समस्याको समाधान गर्न सरकारले छिट्टै स्थानीय निर्वाचन गराउन गृहकार्य गरिरहेको बताएका छन् ।
मकवानपुर जिविसद्वारा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा राष्ट्रको पर्यटन र आर्थिक सम्वृद्धिका लागि काठमाण्डु र निजगढ जोड्ने फास्ट ट्रयाक र सुरुङमार्ग निर्माणका लागि सरकारले उच्च प्राथमिकताका साथ लगानी गर्ने बताए ।
जिल्लाको समग्र विकास निर्माणमा जिविसले पारदर्शी र निष्पक्ष भई योजना र बजेट बाँडफाँड गर्न ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।
मकवानपुरका स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माले चालु आर्थिक वर्षभित्र जिल्लामा विकास निर्माणको योजना पर्यटन र घरेलु क्षेत्रमा स्तरोन्नतिका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराए ।