एमाले निर्वाचनको मतगणना रंगशालामा

काठमाण्डु टुडे २०७१ असार २८ गते ७:३० मा प्रकाशित

काठमाण्डु, २८ असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि गएराति सम्पन्न निर्वाचनको मतगणना काठमाण्डुको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाकाे कबर्ड हलमा हुने भएको छ ।

UMLनिर्वाचन समिति अध्यक्ष सोमनाथ प्यासी अधिकारीका अनुसार बिहान बसेको समिति र शीर्ष नेताको बैठकले रंगशालामा मतगणना गर्ने निर्णय गरेको हो ।

उनले मतपेटिका रंगशाला लाने क्रम जारी रहेको बताए । यसअघि पदाधिकारीको राष्ट्रिय सभागृह र केन्द्रीय सदस्यहरुको पार्टी मुख्यालय बल्खुमा मतगणना हुने तय गरिएको थियो ।
मतगणना दिउँसो तीन बजेबाट सुरु हुनेछ ।

निर्वाचन समिति अध्यक्ष सोमनाथ प्यासी अधिकारीका अनुसार बिहान बसेको समिति र शीर्ष नेताको बैठकले खुलामञ्चमा मतगणना गर्ने निर्णय गरेको हो । उनले मतपेटिका खुलामञ्च लाने क्रम जारी रहेको बताए ।

यसअघि पदाधिकारीको राष्ट्रिय सभागृह र केन्द्रीय सदस्यहरुको पार्टी मुख्यालय बल्खुमा मतगणना हुने तय गरिएको थियो ।
मतगणना दिउँसो तीन बजेबाट सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us