केटाको हातमा आइलभ यू, केटीको स्तनमा सेम टु यू

काठमाण्डु टुडे २०७१ असार १७ गते ३:२७ मा प्रकाशित

लोकगीतमा अश्लिल शव्द, उत्तेजक दृश्यको बिरोध हुन थालेको निक्कै भयो । लोकगीतमा बिकृति भित्रिएको गुनासो उत्तिकै बढेका बेला पछिल्लो समयमा एउटा त्यस्तै म्यूजिक भिडियो बजारमा आएको छ । भिडियोमा प्रेम प्रसंगलाई मुख्य बिषयबस्तु बनाइएको छ ।

घिन्ताङ म्यूजिकको पछिल्लो दोहोरी गीत ‘बाचा कसम’मा यस्तो दृश्य राखिएको छ । कुलेन्द्र विश्वकर्मा र पूर्णकला बिसीको स्वरमा रहेको गीतमा भिडियोमा अभिनय गर्ने नायिकाले आफूले पनि माया गरेको उत्तर आफ्नो स्तनमाथिको भागमा रातो मसिले लेखेर देखाएकी छन् ।

प्रेमीको भूमिकामा देखिएका महेन्द्र गौतमले आफ्नो नाडीमा ‘आइ लभ यु ’ लेखेको देखाएपछि नायिकाले स्तनमाथिको भागमा ‘सेम टु यू’ लेखेको देखाएकी हुन् ।
जव भयो नजरको देखादेख
‘मन मुटु साटियो एकाएक,
हाम्ले माया लाइसकेका छौं, जूनी जूनी हुने गरी चोखो माया लाइसकेका छौं, उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौं । ’ बोलको गीतमा दुई नायिका र दुई नायकले अभिनय गरेका छन् । शंकर विसीको निर्देशनमा सम्पदा बाँनियाले यस्तो दृश्य देखाएकी हुन् ।

http://www.youtube.com/watch?v=DBklsI6bXW0

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us