निर्वाचनको ८ महिनापछि राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७१ असार १५ गते २:२६ मा प्रकाशित

काठमाण्डु, १५ असार– सरकारले आज व्यवस्थापिका–संसदमा नीति तथा कार्यक्रम पेस गर्दैछ ।
rambaranसरकारका तर्फबाट राष्ट्रपति रामवरण यादवले दिउँसो तीन बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । संविधानसभा निर्वाचन भएको आठ महिनापछि व्यवस्थापिका–संसदलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेको यो पहिलोपटक हो ।

सरकारले कृषि, पर्यटन, उर्जा र सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । अघिल्लो आर्थिक वर्षका राष्ट्रिय प्राथमिकताका योजनालाई यसपटक पनि निरन्तरता दिइएको छ । स्वास्थ्य उपचारका क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने भएपछि संसद सचिवालयले औपचारिक पोशाकमा उपस्थिति हुन सभासदहरुलाई आग्रह गरेको छ । राष्ट्रपतिको विशेष सम्बोधनमा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख तथा नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु समेत सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us