
काठमाडाण्डु, १३ असार– महोत्तरी जिल्लाको बथनाहा गाविसमा गोमन सर्पले टोक्दा बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बथनाहा–३ बस्ने सुकन कापडकी पत्नी ५० वर्षीया चन्द्रकलादेवी कापड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तरकारी टिप्न भनी घरनजिकै रहेको बारीमा गएकी महिला कापडलाई तरकारीकै जडामा लुकिबसेको गोमन सर्पले टोक्दा निजको मृत्यु भएको प्रहरी निरीक्षक एकवाल हवाडीले बताए ।
सर्पले टोकेर गम्भीर भएकी कापडलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।