क्यासिनाले तिरे सरकारलाई कर, पुन सञ्चालनको तयारी

काठमाण्डु टुडे २०७१ असार १३ गते १:२३ मा प्रकाशित

काठमाण्डु, १३ असार– सरकारलाई कर तिर्न अटेर गरेर क्यासिनो बन्द गरेका सञ्चालकहरु अन्ततः नयाँ प्रक्रियाअनुसार सञ्चालन गर्न राजी भएका छन् । बन्द गरेको दुई महिनापछि ३ क्यासिनोले ७ करोड बक्यौता तिरेर पुन सञ्चालनको तयारी गरेका हुन् ।
नयाँ नियमावली अनुसार सञ्चालन हुन नमान्ने तथा बक्यौता पनि नतिर्ने क्यासिनो सरकारले दुई महिनाअघि बन्द गरेको थियो ।
सरकारले गत साउन ७ गते क्यासिनो नियमावली २०७० जारी कडा प्रावधान राखेको थियो । नियमावलीको चर्को विरोध गर्दै आएका सञ्चालकहरु नयाँ प्रवाबधानलाई स्वीकार गर्दै सञ्चालनको तयारीमा जुटेको आजको कारोबार दैनिकले समाचार प्रकाशित गरेको छ । हाल ३ क्यासिनोले कर चुक्ता गरी नयाँ कार्यविधिअनुसार दर्ता प्रक्रिया अगाडि बढाईसकेका छन् ।
होटल एभरेष्टमा रहेको एभरेष्ट क्यासिनो, याक एन्ड यतीमा रहेको क्यासिनो रोयल र मल्ल होटलकाृे क्यासिनो भेनसले बक्यौताबापतको झन्डै ८ करोड रुपैयाँ तिरेर नयाँ प्रक्रियाअनुसार दर्ताका लागि निवेदन पेस गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखाले जनाएको छ । क्यासिनो सांग्रिला र पोखरा ग्रान्डले भने यसअघि नै रोयल्टी तिरे पनि नयाँ दर्ताका लागि प्रक्रिया अगाडि बढाएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us