पत्रपत्रिका वर्गीकरणमा युनियनको आपत्ति

काठमाण्डु टुडे २०७१ असार १२ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, १२ असार– नेपाली काँग्रेस सम्वद्ध नेपाल प्रेस युनियनले प्रेस काउन्सिसले हालै गरेको आब २०६८/६९ को पत्रपत्रिका वर्गीकरणको परिणाप्रति आपत्ति जनाएको छ ।
काउन्सिलले पत्रपत्रिका संपरीक्षण समितिमार्फत गरेको उक्त मूल्याङ्कन पूर्णत: भेदभावपूर्ण, पक्षपातपूर्ण र आस्थाका आधारमा विभेदपूर्ण रहेको ठहर गर्दै युनियनले मूल्याङ्कनले पत्रपत्रिकाले व्यावसायिक विकासको आधारलाई नै भत्काउने र आफ्ना पक्षपोषक पत्रपत्रिकालाई पुरस्कृत गर्ने गरेको आरोप लगाएको छ ।

भेदभावपूर्ण मूल्याङ्कनलाई स्वीकृत नगर्न युनियनले सूचना तथा सञ्चार मन्त्रालय र मन्त्रीको ध्यानाकर्षण गराउँदै पत्रपत्रिका वर्गीकरणलाई यथाशीघ्र र निष्पक्ष व्यावसायिक विशेषताबाट गराउन माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us