काँग्रेसद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

काठमाण्डु टुडे २०७१ असार १२ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १२ असार– नेपाली काँग्रेसले अमेरिकामा उपचाररत प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना गरेको छ ।

NC-Flag
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले  पार्टी सभापतिसमेत रहेका कोइरालाको सीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

बैठकमा उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे नेताहरुलाई जानकारी गराएका थिए । प्रधानमन्त्री कोइरालाका न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।

स्वास्थ्य परीक्षणबाट कोइरालाको जिब्रोमा कयान्सर भएको पुष्टि भएको छ । कोइरालालाई चिकित्सकले रेडियो थेरापी गर्न सल्लाह दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us