बाहुन डनलाई १० दिन थुन्न आदेश

काठमाण्डु टुडे २०७१ असार १२ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, १२ असार– काठमाण्डु जिल्ला अदालतले भारतको लखनउबाट केही दिनअघि पक्राउ परेका डन रमेश बाहुनलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न bahun donप्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले महानगरीय प्रहरी परिसर काठमाण्डुले जिल्ला अदालत लगेर म्याद थप गराएको हो । महानरीय प्रहरी परिसर काठमाण्डुको विशेष टोलीले भारतका एक विधायकको घरमा लुकेर बसेका बाहुन डनलाई लागुऔषध र हतियारसहित भारतबाट पक्रेको थियो ।

ललितपुरका काँग्रेसी डन मीनकृष्ण महर्जनमाथि गोली प्रहार गरेपछि प्रहरीको मोष्ट वान्टेड सूचीमा परेका बाहुन डन पक्राउ पर्नबाट जोजिन भारत पसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us