भारतले नहर सुकाइदिएपछि कृषकले रोपाइँ गर्न पाएनन्

काठमाण्डु टुडे २०७१ असार ९ गते ७:२४ मा प्रकाशित

कञ्चनपुर, ९ असार– महाकाली नदीको शारदा ब्यारेजबाट आउने नहर भारतीय पक्षले बन्द गरेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका कृषकले रोपाइँ गर्न पाएका flag of indiaछैनन् ।
भारतले मर्मतका लागि एक सातादेखि नहर बन्द गरेपछि कृषकले रोप्नका लागि ठिक्क पारेका धानको बिउ पानीको अभावमा सुक्न थालेका छन् ।

कृषकले प्रमुख जिल्ला अधिकारी  कृष्णचन्द्र घिमिरेलाई यसबारे ध्यानाकर्षण गराएका  छन् । भारतले नहर बन्द गरेपछि रोपाइँ गर्न नपाएको स्थानीय कृषक भीमदत्त पाण्डेयले बताए ।

सुकेको धानको बेर्ना बोकेर जिल्ला प्रशासन पुगेका कृषकलाई सम्झाउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले नहर सुचारु गराउन भारतीय समकक्षीसँग कुराकानी गर्ने बताए । नहर बन्द भएपछि नगरपालिका क्षेत्रका अधिकांश कृषकले रोपाइँ गर्नका लागि उखेलेको बेर्ना खेतमै सुकेको बताएका छन् ।

नगरपालिकाको छ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । आकासे पानीको भरमा धान रोप्दै आएका जिल्लाको अन्य क्षेत्रका कृषकले समेत समयमै प्रयाप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरेका छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us