एसएलसी नतिजा सार्वजनिक, ४३.९२ प्रतिशत उत्तिर्ण (नतिजासहित)

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ११:४७ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७० सालको प्रवेशिका परीक्षा  एसएलसी परीक्षाफल शुक्रबार सार्वजनिक गरेको छ  । परीक्षामा ३ लाख ९४ हजार ९३३ विद्यार्थी सहभागी भएका थिए ।   यो वर्ष नियमिततर्फ १ लाख ७३ हजार ४३६ विद्यार्थी उत्तिर्ण भएका छन् । यो ४३.९२ प्रतिशत हो ।

 यो अघिल्लो वर्षको भन्दा २.४५ प्रतिशतले बढी हो । २०६९ मा ४१.४७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार १८ हजार ११० परीक्षार्थी विशिष्ट श्रेणीमा पास भएका छन् । ८३ हजार ६३७ प्रथम श्रेणीमा पास हुँदा ६७ हजार ९४२ द्धितीय र ३१ हजार ७४७ परीक्षार्थी तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । ५ हजार ५३१ परीक्षाले परीक्षा छाडेका छन् भने १३ सय ९ को स्थगन गरिएको छ । ५ सय ७३ जनाको परीक्षा रद्द गरीएको छ ।

आशिंकतर्फ १४ हजार ५९१ परीक्षार्थी पास भएका छन् । यो कुल सहभागी १ लाख ३३ हजार ६२६ को १०.९२ प्रतिशत हो । आशिंकतर्फ कोही पनि विशिष्ट श्रेणीमा पास नभएको कार्यालयले जनाएको छ ।

२०६ परीक्षार्थी प्रथम श्रेणीमा पास हुँदा ११ हजार ४७७ द्धितीय र २ हजार ९०८ परीक्षार्थी तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । ३ सय ७३ जनाको परीक्षा स्थगित गरिएको केन्द्रले जनाएको छ । २ सय ९२ जनाको परीक्षा रद्द गरीएको छ ।

नियमित तर्फको नतिजा हेर्न यहाँ थिच्नुहो । 

पुरक तर्फको नतिजा हेर्न यहाँ थिच्नुहो । 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us