
चीन , २८ जेठ – चीनको दक्षिणपश्चिम गुइजोउ प्रान्तमा अवस्थित एक कोइला खानीमा बुधबार बिहान सबेरै भएको ग्यास विस्फोटमा परी दश व्यक्तिको मृत्यु भएको समाचार छ ।
स्थानीय अधिकारीका अनुसार गुइजोउ प्रान्तको लिउपानसुइ कोइला खानीमा सो ग्यास विस्फोटन हुदा १३० व्यक्ति कार्यरत रहेका जनाइएको छ ।
ती मध्ये १२० जना त्यहाँबाट भागेर ज्यान बचाउन सफल भएका छन् । स्थानीय समायानुसार बुधबार बिहान ५ः३० बजे उद्धारकर्ताहरुले कोइला खानीको भित्री सतहबाट दश व्यक्तिको शव निकालेका बताइएको छ ।
संयुक्त लगानीमा सञ्चालन रहको सो खानी गुइजोउ हुआलोङग कोल इन्डिस्ट्रीज कम्पनीबाट सञ्चालन हुँदै आएको बताइएको छ ।
विस्फोटनको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । चीनमा खानी दुर्घटना एक प्रमुख समस्याका रुपमा रही आएको छ । सिन्ह्वा