मजदुरले रेल बन्द गर्दा ४५ लाख यात्रु प्रभावित

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– पारिश्रमिक वृद्धिको माग गर्दै रेल मजदुरले आन्दोलन सुरु गरेपछि ब्राजिलको साओपाउलो सहरमा यातायात व्यवस्था अवरुद्ध भएको छ।

सहरका आधाजसो मेट्रो स्टेशन बन्द भएका छन् । रेल नचल्दा करिब ४५ लाख यात्रु प्रभावित भएका छन् । आफूहरुले हाल खाईपाई आएको तलबमा कम्तिमा १० प्रतिशत वृद्धि गर्नुपर्ने माग मजदुरहरुको छ ।

सरकार आफूहरुका मागमा गम्भीर नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । काम छाडेर मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । विश्वकप फुटबल र सन् २०१६ मा हुने ओलम्पिकका लागि अरबौं रकम खर्च गरेको भन्दै ब्राजिलमा केही समययता लगातार प्रदर्शनहरु हुँदै आएका छन् ।

पछिल्लोपटक यातायात मजदुर समेत प्रदर्शनमा उत्रिएपछि  आगामी साता हुने विश्कप समेत प्रभावित हुने देखिएको छ । विश्वकप फुटबलको उद्घाटन खेल साओपाउलो साहरमा हुने छ । यसैबीच ब्राजिली प्रधानमन्त्री डिल्मा रुसेफले मजदुर आन्दोलनले विश्वकप फुटबललाई प्रभाव नपार्ने दाबी गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us