पेलेको छोरालाई ३३ वर्ष जेल सजाय

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १२:३२ मा प्रकाशित

रियो डे जानेरो १८ जेठ – फुटबलका विश्वप्रख्यात खेलाडी पेलेका छोरालाई ३३ वर्षको जेल सजाय भएको समाचार छ । उनीमाथि लागूऔषधि ओसारपसारको कारोबार गरी रकम लिएको आरोप लागेको छ ।

एडसन चोल्बी दो नास्सिमेन्टो (उपनाम इदिन्हो) नामबाट परिचित उनीसहित अन्य चारजनालाई साओ पाउलोअवस्थित एक स्थानीय अदालतले सो अपराधको आरोप लगाएको स्थानीय संचार माध्यमको च्यानल न्युज पोर्टल जि१ ले जनाएको छ ।

इदिन्हो हाल ब्राजिलियाली एक फूटबल क्लबः सेरि ए क्लब सान्टोसमा गोल (रक्षण सम्बन्धी प्रशिक्षक (गोलकिपर कोच) भई कार्यरत रहेका छन् । अदालतको यस फैसला विरुद्ध उनले पुनरावेदन गर्ने पनि समाचारमा जनाइएको छ ।

त्रिचालीस वर्षीय इदिन्होले आफू लागू औषध ओासारपसारमा नलागेको तर लागू औषधको अम्मली भएको भने अदालतसमक्ष स्वीकार गरेको जनाइएको छ ।

ब्राजिलको राष्ट्रिय टीमबाट खेलेका पेलेले तीनवटा विश्वकप फूटबल खेलमा सफलता प्राप्त गरेका र उनी विश्वभर आस्था र सम्मानजनक व्यक्तित्वको रुपमा रहेका छन् ।

उनैका छोरा इदिन्होले पनि सन् १९९० मा ब्राजिल कै सान्टोस क्लब मा गोल रक्षक भई खेलेका थिए । हाल उनी लागू औषधको दुब्र्यसनी भएकामा ब्राजिलका फूटबल प्रेमीहरुले चिन्ता प्रकट गरेका छन् । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us