नेपाल बैंकर्स संघ सदस्यमा बज्राचार्य र दाहाल थपिए

काठमाण्डु टुडे २०७१ जेठ १० गते १४:४९ मा प्रकाशित

काठमाण्डु, १० जेठ– बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यकारिणी समितिबैठकले रिक्त रहेको दुई जना सदस्य नियुक्त गरेको छ। संघले दुई बाणिज्यबैंकका प्रमुख कार्यकारीहरुलाई सदस्य कार्यसमितिमा भित्राएको हो।

कार्यसमितिमा ग्लोबल आइएमइ बैंकका रत्नराज बज्राचार्य र सानिमा बैंकका भुवनकुमार दाहाल नियुक्त भएका हुन्।

यसअघि किस्ट बैंकका कमल ज्ञवाली र सेञ्चुरी कमर्सियल बैंकका गणेशकुमारश्रेष्ठ संघको कार्यसमितिमा थिए। उनीहरु वाहिरिएपछि नयाँ सदस्य थपिएकाहुन्। सुधिर खत्री वाहिरिए पनि उनको स्थानमा कसैलाई पनि उपाध्यक्ष बनाइएकोछैन।

उनी गत चैतबाट ग्रान्ड बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामादिएर वाहिरिएका थिए। बैंकिङ क्षेत्रमा नबसेका व्यक्ति संघको सदस्य हुननपाउने व्यवस्था छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us