कृषि विकास बैंकले लाभांश दिने

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ११:२० मा प्रकाशित

काठमाण्डु , ९ जेठ – कृषि विकास बैंक लिमिटेडले साधारण सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

ADBशुक्रबार काठमाडौँमा सम्पन्न बैंकको सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०६९÷०७० को सञ्चित मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको हो ।

कृषि विकास बैंक लिले प्रदान गर्न लागेको यो लाभांश रकम सबभन्दा उच्च बिन्दुमा रहेको बैंकका सूचना अधिकृत रमेशराज रेग्मीले बताए ।

बैंकको २४१ शाखाबाट दुई लाख १२ हजार साधारण सदस्यले उक्त मुनाफा प्राप्त गर्न सक्नेछन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले आयोजित साधारणसभामा आर्थिक वर्ष २०६९÷०७० मा बैंकको खुद मुनाफा दुई अर्ब २९ करोड पुगेका कारण सेयर सदस्यलाई मुनाफा वितरण गरिएको जानकारी दिए ।

बैंकले आर्थिक वर्ष २०६९÷०७० असार मसान्तमा निक्षेप रकममा २५.९२ प्रतिशतले वृद्धि गरी रु.५४ अर्ब ४८ करोड कायम गरेको छ भने आर्थिक वर्ष २०६८÷०६९ असार मसान्तमा उक्त रकम रु ४३ अर्ब २६ करोड रहेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us