नाइजेरीयामा बम बिष्फोटबाट ११८ को मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – नाइजेरीयामा अज्ञात समूहले गरेको बम बिष्फोटबाट एक सय १८ जना मारिएका छन् ।

nigeriaमारिनेहरुमा महिलाको सङ्ख्या बढि रहेको छ । बिष्फोट जोस शहरको व्यस्त भागमा भएको थियो । साथै अस्पताल छेउमा पनि बिष्फोट गराइएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

बिष्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन । तर सो शहरमा केहि समय अघिदेखि इसाइ र मुसलमान बिच साम्प्रदायीक हिंसा भड्िकरहेको थियो ।

यता आएर सो शहरलाई इस्लामी उग्रवादी समूह बोको हरामले विभिन्न बहानामा निशाना बनाइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us