
धनगढी, ७ जेठ – सिभिल बैंक लिमिटेडले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने क्रममा बुधबार शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकले सेवाग्राहीलाई प्रविधिको प्रयोग गरी सेवा सुविधा छिटो छरितो दिने, शून्य मौज्दातमा खाता खोल्न सकिने, बाल बचत खाता खोल्ने , सेवाग्राहीलाई मास्टर कार्ड र डेभिड कार्ड उपलब्ध गराउने, मोबाइलमार्फत पनि रकमको भुक्तानी गर्न सकिनेलगायतका सेवा दिने शाखाका प्रबन्धक बसन्त पन्तले बताए ।
पछिल्लो एक दशकयता धनगढी क्षेत्रमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु खुल्ने क्रम बढेसँगै सेवाग्राहीलाई पनि वित्तीय सेवा सुविधा उपयोग गर्न सजिलो भएको छ ।