सेनाको नियन्त्रणमा थाइल्याण्डको सत्ता

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ६:२२ मा प्रकाशित

काठमाण्डु, ६  जेठ –थाइल्याण्डमा राजनीतिक संकट चुलिँदै गएपछि अप्रत्यासीत रुपमा सेनाले ‘मार्शल ल’ लगाएको छ ।

thailand crisisसेनाले स्थति आफ्नो नियन्त्रणमा लिने क्रमसँगै टेलिभिजन स्टेशनसमेत कब्जामा लिएको छ । अन्तरीम प्रधानमन्त्रीका अनुसार सेनाले हामीसँग कुनै सल्लाह विना यो कदम चालेको बताएका छन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार थाइल्याण्डका सेना प्रमुख प्रयुध चान ओचाले एक वक्तव्य दिँदै शान्ति सुव्यवस्था बनाइराख्नका लागि स्थितिलाई नियन्त्रणमा लिइएको बताउँदै कसैलाई नआत्तिन र जनजीवन सामान्य बनाइराख्न आग्रह गरेका छन् ।

थाइल्याण्डमा लामो समयदेखि सत्तापक्ष र प्रतिपक्षवीच झगडा चर्किइरहेका बेला सेनाले ‘मार्शल ल’ लगाएको हो । आफ्नो यो कदम कानूनसम्मत रहेको सेना प्रमुखको दाबी छ ।

थाइल्याण्डका प्रधानमन्त्री यिङलक सिनावात्रालाई पदबाट हट्न त्यहाँको अदालतले आदेश दिएको दुई साता नबित्दै सेनाले शक्ति हातमा लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us