राज्यमा हुने भ्रष्टाचार र अनियमितता अन्त्य हुनुपर्छ: भट्टराई

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ५:२१ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– पूर्वप्रधानमन्त्री एवम एकीकृत माओवादी नेता बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रमा भ्रष्टाचार र baburam_250अनियमितताको अन्त्य हुनुपर्ने बताएका छन् ।
पर्यटन बोर्डमा अनशनरत संयुक्त पर्यटन व्यवसायी समन्वय समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउन सोमबार त्यहाँ पुगेका भट्टराईले बोर्डको मात्र नभई राज्यका सबै  निकायमा हुने गरेको भ्रष्टाचारको क्यान्सर निर्मूल पार्न जरुरी भएको बताए ।
उनले पर्यटन व्यवसायीको जायज माग पूरा गर्न पार्टीका तर्फबाट सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले बोर्डभित्रको अनियमितता र अव्यवस्थाबारे आफू पहिलेदेखि नै जानकार रहेको भन्दै संसद्मा कुरा उठाउने र अहिले देखिएको समस्या समाधानका लागि तत्कालै पर्यटनमन्त्रीसँग कुराकानी गर्ने बताए ।
संयुक्त पर्यटन व्यवसायी समन्वय समितिका अध्यक्ष रमेश धमलाले २० दनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफूहरुको माग सुनुवाइ नभएको भन्दै आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us