मदन–आश्रित स्मृति दिवस मनाइदै

काठमाण्डु टुडे २०७१ जेठ ३ गते २:०६ मा प्रकाशित

madan_aasritकाठमाण्डु, ३ जेठ – नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा उनीहरुको योगदानको स्मरण गर्दै आज देशभर नेकपा एमाले सम्बद्ध सङ्घ–सङ्गठनले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

मदनआश्रितको स्मृतिमा नेकपाएमालेले पार्टी कार्यालयमा शनिवार बिहान रक्तदान कार्यक्रम तथा मदन भण्डारीका लेखिएका लेखहरु सङ्ग्रहित पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बताए ।

‘कम्युनिष्टको विकास गर्न नयाँ सोच ल्याउन पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ठूलो योगदान छ’ प्रतिष्ठानका अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट लोककल्याणकारी राज्यको पक्षमा र सिद्धान्त जनताको पक्षमा हुनुपर्छ भन्ने सोच उहाँको थियोे ।’

‘२०४७ सालको संविधान नेपाली काँग्रसले इतिहासमै राम्रो छ, कमा र पूर्णविराम पनि फेर्नु पर्दैन भनेको थियो तर तत्कालीन पार्टीका महासचिव भण्डारीले उक्त संविधान अपुरो र जनताको पक्षमा नभएको भन्दै आलोचनाका २७ बुँदा राखेका थिए ।

‘राजाबिनाको गणतन्त्र, धर्म निरपेक्षता जननेता भण्डारीकै सोच हो’ नेपालले भने ।
नेपाली कम्युनिष्ट आन्दोलनका जुझारु नेता भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा जिप दुर्घटनामा परी २०५० साल जेठ ३ गते मृत्यु भयो तर उक्त घटना कसले ग¥यो भन्ने बारेमा अहिलेसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us