काठमाण्डुमै आगलागी नियन्त्रणमा आउन पाँच दिन

काठमाण्डु टुडे २०७१ वैशाख ३१ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– काठमाण्डुको दहचोक गाविसस्थित केउरानी सामुदायिक उपभोक्ता समूहको जङ्गलमा लागेको डढेलो पाचौं दिन बुधबार नियन्त्रणमा आएको छ ।
समूहका अध्यक्ष दयाराम गिरीले जंगलमा लागेको आगो नियन्त्रणका लागि स्थानीयवासीका साथै सुरक्षाकर्मी परिचालन हुँदासमेत बढ्दो गर्मी र पुराना काठका कारण लामो समय लागेको बताए ।
दहचोक क्षेत्रमा घाँसपात तथा काठ दाउराका लागि निकै उपयोगी भएको समूहको ५१.९ हेक्टर क्षेत्रफल जंगलमा अघिल्लो वर्ष पनि मंसिर र माघमा दुईपटक डढेलो लागेको थियो ।

यस पटक लागेको आगलागी नियन्त्रणका लागि पाँच दिन लागेका कारण अधिकांश जंगल डढेर सखाप भएको दहचोक एकता क्लबका अध्यक्ष रोशन दानीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us