बाबुरामको ‘तिर्थाटन’ र नयाँ शक्तिको बहस

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते १०:२३ मा प्रकाशित

यो लेख  अनलाइनमा प्रकाशन गरिरहँदा एमाओवादी नेता एवम् नयाँशक्तिका प्रणेता  डा. बाबुराम भट्टराई आदिम देवस्थल कैलास, मानसरोवरमा हुनेछन । हाम्रा ऋषिमुनी तप गर्ने पवित्रभूमिमा नयााशक्तिका प्रणेता पितृऋण तिर्न बाबालाई तिर्थाटन गराँउदै नयाँदर्शनको मार्गचित्रको आर्कटेक्ट गरिरहेका हुनेछन ।

नवउदारवाद र समाजवादको फयुजनसिद्धान्त नयाँ शक्तिको आधारदर्शन हो भने कतै डा. भट्टराईले नयांशक्तिलाई आध्यात्मवाद र भौतिकवादको समायोजित चिन्तनको अगुवाई त  गर्दै त कतै छैनन ?  भन्ने सोचनीय कुरा छन् । अझ उनको भ्रमण विशुद्ध बाबाको धार्मिक पर्यटन हो कि त्यसका अन्तर्निहित अन्य पक्ष पनि छन् । नेपाली राजनीतिक वृत्तमा अहिलेको चर्चा विषय बनेको छ ।
‘कम्युनिष्ट आफ्ना दृष्टिकोण र लक्ष  लुकाउनेसँग घृणा गर्छन् । उनीहरु खुल्लम्खुल्ला घोषणा गर्छन् कि उनीहरुको लक्ष समग्र भईरहेका सामाजिक अवस्थालाई बलपूर्वक उखेलेर फ्याँके मात्र लक्ष्य प्राप्त हुन सक्छ । शासक वर्गलाई कम्युनिष्टको त्रासबाट काम्न देउ, सर्वहारासँग आफ्ना साङलाबाहेक गुमाउन केही बाँकी छैन र जित्नका लागी सारा संसार छ’  कार्ल माक्र्स ।  
माथिको हरफ पढिरहँदा पाठकलाई यो विश्वास गर्न धेरै कठिन लाग्न सक्छ् यो सवै पुजीवादी मानवतावादको उदारवादी चरित्र त्यागेर नवउदारवादको आक्रमक सम्राज्यवाद र करपोरेट वैश्विकरण हुनुभन्दा धेरै पहिला अर्थात आजभन्दा १ सय ६६ वर्ष पहिला लेखिएको वर्ग संर्घषको घोषणा थियो  । कम्युनिष्ट घोषणापत्रले सनातनी दार्शनिक र राजनीतिक सोचलाई मात्र प्रभाव पारेन कम्युनिष्ट भूतले सत्ताधारीलाई सताँउदै गयो ।

brb china visitनिर्धालाई शक्ति र परिवर्तनवादीलाई क्रान्तिको हतियार दियो । बदलिंदो पुजीवादको सटिक र प्रभावशाली तरिकाले घोषणापत्रमा चित्रण मात्र गरिएन दृढतापूर्वक भत्र्सना गरिंदै पुजीवादको आक्रमक गतिलाई चिन्न अनेकौं रुप, कला र उत्तेजित भावनामा नवगी, प्रशंसामा नभई  त्यसलाई चिहानमा गाड्नलाई माक्र्सले युगलाई ललकारे । तर, अहिले त्यसलाई कसले र कसरी गाढ्छ  भन्ने भएको छ ।
जुन समय, परिस्थिति, वैचारिक पक्षधरता र पदीय हैसियतमा रहँदै तेस्रो शक्तिको खोजीमा माओवादी नेता डा.बाबुराम भट्टराईले एक म्यागेजिन मार्फत बहस थालनी गरे, त्यो समाजवादी आन्दोलनको धरातलबाट नियाल्दा न त कुनै नयाँ खाले बहस हो न समयका चुनौती सामना नै त्यसले गर्न सक्छ । यी आक्रामक पुजीवादको सम्राज्यवादी नवउदारवादको विकृत चेहरालाई मानवीयकरण गराउने कोणबाट चल्ने चिया कपका तुफानी बहस मात्र हुन् ।
नब्बेको दशकमै फ्रान्सिस फुकोयामाले भने झै अब के साँच्चै इतिहासको अन्त: भएकै हो त ? वर्गसंर्घष कथा हुन त ? के अब  दर्शन, सिद्धान्त, पक्षधरता सकिएकै हुन त ? तेस्रो शक्तिको उदयसंगै नवउदारवादी हृदय रसाउला त ? पुजीवादको मानवीय चरित्र विकास भएर नयाँ प्रजातिको वर्णशंकर साकाहारी सिंह जन्मेर मानवीय आशा, अपेक्षा र कामना पूरा होलान त ?  के पवित्र भाकलले पुजीको चरित्र र नाफाका सिद्धान्तलाई कोरा आर्दश र पवित्रतामा फेरिएलान् ?  के सिद्धान्त र दार्शनिक आधारहीन कुनै राजनीतिक शक्ति हुन सक्छ ? लोकप्रिय अभियानले तीतो यर्थाताका चुनौती सामना गर्न सक्छन ? मानव समाजको विकासक्रम: वर्गसंर्घषको इतिहास हो भने फेरिएको सन्र्दभमा वर्गसंर्घष अब सकिएर नवउदारवाद र समाजवादको मिलन भएर वर्गसमन्वयको आधारमा शोषणरहित समाज नै तेस्रो शक्तिको परिकल्पना हो त ? मूलकुरा नेतृत्व कसले गर्ने भन्ने पनि हो ।
कुन समयमा, के आबयले कुन ठाउँबाट कसले बहस किन उठाएको छ ? र विगतमा उसले उठाउने बहसलाई कसरी बैठान गरिएको छ, कसरी स्वामित्व लिएको छ भनेर हेरिनु पनि डा.  भट्टराईले उठाएका बहसको सन्र्दभमा लागू हुन्छ । बहस उठाउने पात्रको औकात र त्यसलाई पुजीकरण गर्ने विगत भूमिका नियाल्नु पर्दछ । पार्टीको आन्तरिक शक्ति संर्घर्षको जटिलताबाट कतै यस्ता बहस सिर्जना  भएका त होइन ! कि साँच्चै परिस्थिति फेरिएर पूराना सिद्धान्त र राजनीतिका औजार भुत्तेहुँदा नयाँ निकास खोज्न थालिएको हो ? के त्यसैको कार्यान्वयनको चिन्ताले यो छटपटी हो ?  त्यता ध्यान दिनुपर्ने हुन्छ ।
के हो त तेस्रो शक्तिको बहस  ?
सामथ्र्यवानको निर्वाध स्वतन्त्रताको वकालत गर्ने राजनीतिक चरित्र पुजीवादको आक्रमक भद्धा चेहरा र सम्राज्यवादको दार्शनिक आधार  हुन् । सामाजिक डार्विनवादको नयाँ रुप हो । समाजवादको व्यानरमै कम्युनिष्ट पार्टीको झण्डा  उठाएर गरिएका माक्र्सवाद प्रतिको नेपाली प्रहार हो । विचार र सिद्धान्तको आवश्यकता नभएको र सबै पार्टीभित्रका राम्रा, असल, ज्ञानी सच्चरित्रका नेता, कार्यकर्ता र व्यक्तित्व जोडिने शक्तिको आधार खिचडी भावना र सदमी आर्दश सिद्धान्तमा मात्रै हुन्छ । हरेक भावना र आर्दशका आधार आफ्नै मूल्य, मान्यता र दर्शन हुन्छन् । आखिर तेस्रो शक्तिको आर्दश कल्पना र चाहना भनेको मध्यमवर्गको एउटा अस्थिर, महत्वकांक्षी र तुरुन्त प्रतिफल चाहाने मनोभावबाट निर्देशित सोच हो । यस्ता बहस लोकपप्रिय वुद्धिविलास र आवेगलाई आन्दोलन बनाउने चिन्तनद्वारा चालित हुन्छन् ।
किन उठेत बहसमा ?
भनिरहनु परेन, डा. भट्टराईको प्राज्ञिक स्तर, जनयुद्धले बढाएको राजनीतिक उचाई र सरकारको नेतृत्व पनि गरेको माओवादी पार्टीकै उपल्लो नेतृत्व भएकाले यस्ता गैरसमाजवादी बहस थालनीले गर्दा बहसले लिएको उचाई हो
१३ जून १८४८को रुसी जारद्धारा हंगेरीको क्रान्ति निमर्मता साथ कुल्चिएपछि १८४८को महान क्रान्तिको युग अन्त भयो । माक्र्सलाई १६ मईमा कोलोनबाट निस्कासन गरियो र भोलिपल्ट उनी पेरिसतिर लागे । जर्मनी छोड्नु पहिला नयाँ राइन समाचारको पूरा रातो मसीले छापिएको अन्तिम अंकमा लेखे, ‘हामीले आफ्नो किल्ला छोड्नु परिरहेकोछ । तर, हामी आफ्ना हतियार र साजसमानसँगै पछाडि हटेका छौं, युद्धका नगरा बजाउँदै…… फरफराउँदै झण्डासहित ….. हाम्रा अन्तिम शब्द हमेशा हरेक ठाउँमा एउटै हुनेछन सर्वहारा मुक्ति’  ।  हो……माक्र्ससम्म पुग्ने अनेकौं बाटा छन् । समय, भूगोल, सांस्कृतिक अवस्था, सामाजिक सम्बन्ध, विकास र आन्दोलनका मोडल आदि भिन्नाभिन्नै हुाने भए नै ।  ती अभ्यास भए, गरिए र गरिंदैछन् पनि ।  भएका क्रान्तिले आफ्नै उपलब्धीको रक्षा गर्न पनि सकेनन् । अर्कातर्फ ज्ञान,  विज्ञान र कलाका अनेकौ शाखा र प्रशाखाहरुको विकास हुँदै गयो । मानवीय चेतना र क्षमताको सीमा हुँदैन । प्रविधि र पुजीको घालमेल,  सूचना र संचारको विकासले माक्र्सको समय र अहिलेको समयमा धेरै फरक पार्‍यो । तर, शोषणका रुप फेरिए, वर्गसंघंर्घका रुप फेरिए पनि पुजी र नाफा सिद्धान्तको चरित्र र भूमिकाको किटानले अझ आक्रामक पुजीवाद सम्राज्यवादमा फेरियो ।

उसका हृदयहीन आक्रमण कसैका पवित्र चाहना र ‘दैवीआदेश’ले रोकिनेवाला छैन भन्नेकुरा सम्राज्यवादको मध्यपूर्व, उत्तर अफ्रिका, युक्रेन घटना र  भनेजुयलाको प्रतिक्रान्तिकारी उक्साहट, अर्थराजनीतिको नेतृत्व विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, नवउदारवाद निर्देशित द्विअर्थी मानवअधिकारको अभियान स्वयम् नवउदारवादी देशमा चलेका वालस्ट्रिट कब्जा अभियान र युरोपमा चलेका एण्टीकट अभियानका असर र भारतमा चलेको मध्यमवर्गीय असन्तोषको नेतृत्वकारी एनजिओ पोसित पपुलर अजेण्डाधारी आप पार्टीको उदय आदि पर्दछन । नित्य नयाँ चाहना मानवीय सोच नै हो ।
केही पछाडि फर्केर हेरौं । कसैले पनि मनिसलाई अल्पकाललाई सके पनि बलपूर्वक आफ्नो अधिनगर्न सक्दैन मनोवृत्ति र विश्वास नियन्त्रण गर्नुपर्दछ, । त्यसको मारक औजार मिडिया बन्छ  र नयाँजस्ता लाग्ने बहस सिर्जना गरिन्छन् । पुजीवाद लोकप्रिय चेहरामा फेरिन उदारवाद, नवउदारवाद बन्दै गयो भने समाजवादका चुनौती सामना गर्न र वर्ग संर्घषलाई विषयान्तर गर्न नारीवाद, जातीवाद, क्षेत्रवाद, सांस्कृतिक टकराहट, पहिचानको खोजी  र सिद्धान्तको अन्त, अर्थराजनीति जस्ता बहस हतियार प्रयोग गर्न थाल्यो । मजदुर वर्गमा शारिरीक श्रम र मानसिक  श्रम विभाजन, बोनस प्रथाले ट्रेड युनियन आन्दोलनमा हस्तक्षेप गर्न पुग्यो । अर्कातर्फ समाजवादी आन्दोलनले आक्रमक पुजीवादसँग समग्र भिड्नु पर्‍यो । पार्टी र राज्यभित्र रातोझण्डा उठाउँदै अभिजातवर्ग जन्मिए ।

त्यसलाई रुसमा नोमेनक्लातुरा भन्न पनि थालियो भने चीनमा क्रान्ति सफल भएपछि पनि जन्मने समस्या निराकरण गर्न सांस्कृतिक क्रान्तिको निरन्तरताको आवश्यकता माओले देखे ।  विगतको माओवादी त्यसैको पक्षधर समेत थियो । हाम्रै यसै भूमिमा आफ्नै पूर्ववर्ती मान्यतालाई मानसिक प्लेगझै फैलिएको आक्रामक उपभोक्तावादको छुतरोग लागेपछि भूतपूर्व  आर्दशवादी ‘जिाउदा सहिदको’ हविगत र लिलिपुटवाद कस्को नजरबाट ओझल भएको छ र !  एकाथरीलाई माक्र्सवादी आन्दोलन जड्तामा बुझेर नयाँ सोच काउसो सरी हुने, अर्कोथरि नयाँ सोच्नु पर्छ भन्ने नाममा समाजवादी आन्दोलनका प्रस्तावना र धरातललाई नै भुलेर कोरा आर्दश समाजको कल्पना गर्न पुग्ने ।

आन्दोलनबाट जन्मे–हुर्केका विचारक, वौद्धिक योद्धाहरु वर्ग सिफ्ट हुँदै आन्दोलनमै विभ्रम तयार गर्ने खलनायकमा फेरिने । अघिल्लो शदीको  तीसकै दशकमा यसैलाई एण्टिनियो ग्राम्स्कीले जैविक वुद्धजीवीको समाजवादी आन्दोलनमा आवस्यकता देखे । एकातर्फ माक्र्ससम्म पुग्ने अनेकौं बाटा खोज्न थालियो भने अर्कातर्फ पुजीवादले समाजवादी आवरण खोज्न समाजवादी पछेउरी ओड्न थाल्यो ।  नवउदारवादी देशहरुमा आएको मन्दीको उपचार राज्यको हस्तक्षेपबाट भएपछि त अझ अनियन्त्रित स्वतन्त्रताको पीडा र त्यसले सामाजिक विकराल अवस्थाले गर्दा अनुयायीलाई मात्र होइन विरोधीलाई पनि माक्र्स सान्र्दभिक नै रहे । कतिपय आन्दोलनबाट थाकेका, हारेकाहरुले भने माक्र्सका अनुयायीले गरेका त्रुटिलाई आधार मानेर नयाँ बाटो खोज्न थाले । समाजवादी आन्दोलनमा विचार, सिद्धान्त र दर्शनका विषय त उठे तर त्यसलाई जीवनदर्शनमा फेर्न कलाको अभाव भने खड्कियो ।

राजनीतिलाई सामाजिकीकरण, मानवीयकरण गर्न चुकको पक्कै पनि हो । स्वयं डा.भटराईले नेतृत्व गरेको आन्दोलनका उपलब्धी र आर्दश उनले कति रक्षा गरे ? गर्न कति प्रयास गरे ? वर्ग संर्घषमा निर्मम सनातनी सत्ताको पारम्पारिक घेरा कालाकोटे जर्नेलको अदालती रणमैदान बन्दा वर्ग कति निर्मम हुँदो रहेछ भन्ने सम्झाउन माक्र्स वा ह्यूगो चावेजले नेपालमा ‘पूनर्जन्म’ लिनु परेन । शासकवर्ग कमजोर हुँदा गरिएका सहमति, सम्झौता ऊ तंग्रिने बित्तिकै कसरी धज्जी उडाइँदा रहेछन् र उपलब्धीको रक्षा गर्न ढिलाई हुँदा,विद्रोहको राप र ताप मथ्थर हुँदाको परिणाको के कसो हुँदो रहेछ दोस्रो संविधानसभा चुनाव त्यसको उदाहरण बन्यो नै । त्यसैले  नयाँ प्राप्ति भनेको तेस्रो शक्ति नभई आन्दोलन र आन्दोलन अपिल गर्ने सिद्धान्तको नैतिक पुजी पहिलो संगठनको कुरा हो भन्ने कुरा अब नेपालमा नजिर बनिसक्यो ।
बहसका भित्रका कुरा
केही मान्छे नयाँ कुरा सोच्नु पर्छ भन्ने पनि सोच्दैनन् भने केहीलाई नयाँ सोच आतंक बन्दछ; त्यसबाट टाढिन खोज्दछन् । केही भने कुन समयमा के प्रधान हो र केलाई जोडदिनुपर्छ केलाई ध्यान दिनुपर्दछ भन्दा पनि के भए चर्चामा रहिन्छ भनेर विज्ञापित बन्न खोज्दा युगिन दायित्वबाट पृष्ठभागमा पुगिरहेका हुन्छन । नेपाली समाजको समग्र परिवर्तनको विद्रोही झण्डा जनयुद्ध सञ्चालन गरेर शान्ति युद्धको संघारमा उभिएको एउटा परिवर्तनवादी शक्तिको मूल नेतृत्वले नै भिन्नखाले यस्ता बहस चलाउनुको अर्थ भने आफ्ना पूर्ववर्ती मान्यता र संगठनले नयाँ चुनौतीलाई सामना गर्न सक्दैन भन्ने ठहर निक्लन्छ । अर्थात, शान्ति र सहमति राजनीतिको एउटा पक्षले मुख्य बहसलाई नै अन्यन्त्र केन्द्रित गर्न थाल्दा मूल कार्यभारको विषयान्तर गरिदिन्छ ।

साविक उच्चपदमै रहेर यस्ता बहसलाई सार्वजनिक गर्नु र महाधिवेशन, विस्तारित बैठक वा राष्ट्रिय संम्मेलनको मञ्च उपयोग नगरेका यस्ता बहस बुद्धिविलासमा नै रहने सम्वाभना हुन्छ । आखिर कुनै पनि विचार, बहसलाई व्यवाहारिक रुप दिने भनेको त संगठन नै हो । के संगठनभित्र विचार प्रवेश गराउनै नसक्ने बबुरोको हालतमा डा.भट्टराई छन त ? या संग्लग्न विचार र संगठनप्रति नै उनको पूर्ण मोहभंग भएको हो ? जुन सिद्धान्तद्धारा समाज पविर्तन गर्छु भनेर नेतृत्व डा.भट्टराईले गरे सो अभियानको पूर्णविराम र असफलता स्वीकार नगरी तेस्रो शक्तिको खोजी गर्नु आफैंमा उपल्लो स्तरको ठट्टा मान्नुपर्छ ।

बहस थालनी कुन धरातलमा बसेर गर्नेे ? समाजवादको घेरामा बसेर गर्ने कि उदारवादको चौकोमा ठडिएर वा दुवैको संघार शून्य समयमा उभिएर भन्ने सामान्य प्रश्नको उत्तरदिनु  पनि उनले जरुरी सोचेनन् । उनको परिकल्पना तेस्रो शक्तिको नेतृत्व कुन शक्ति र दर्शनले गर्ने भन्नेबारे पनि मौन छन् । नवउदारवाद र समाजवादको फ्युजन बहस श्रीगणेश गर्ने उहाँ नै नेपालमा पहिलो प्राज्ञ, राजनीतिज्ञ र दार्शनिक भने होइन ।
जब सिद्धान्तको राजनीतिलाई राजनीतिको सिद्धान्तले निर्देशन, नियन्त्रण र  नियमन गर्न थाल्छ तब सुविधा अनुसारका तर्क, संगठन, सांगठानिक ढाँचा, पार्टी संस्कृति र निमित्त बहसहरु  सुरु हुन्छन् । त्यसले हुने, गर्ने, देखिने, बुझिनेबीच ठूलो अन्तरविरोधको पर्खाल खडा गरेर विश्वासको जग भत्काई दिन्छ । डा.भट्टराईले उठाएको बहसको धरातल नै समाजवादी आन्दोलनले प्रविधिको विकाससँगै विचारमा कलाको भूमिकाको खोजी र माक्र्सवादमा प्रविधिका विकासले ल्याएका सम्भावनाको, यसको उपयोगीतालाई नयाँ वैश्विकरण, सामाजिक विकासमा पैदा भएका नयाँ अन्तरविरोध खुटयाएर संर्घषको नयाँ पहल गर्ने भन्दा पनि समस्याको निराकरणको वैचारिक धरालल नै नवउदारवाद र समाजवादको पयूजनमा देखियो  । बहस माओवादी पार्टीभित्र वा बाहिर मात्र होइन समाजवादी धरातलबाटै बाहिरिएको छ  ।
गलत समयको चयन,
नयाँ लाग्ने यस्ता बहसका सुरुगर्नपछाडि कारण हुन्छन् । समयको चयन,  बहस सर्जक, बस्तुगत र आत्मगत परिस्थिति साथै बोल्ने मान्छेको पछाडि किन र को उभिएको छ भनेर नियाल्नु पर्ने पनि हुन्छ ।  बहसको कुन धरातलमा उभिएर सिर्जना गरेको छ र त्यसको बैठान वा तार्किक निस्कर्षमा पुर्‍याउने, सार्वजनिक अपिल इक्षा शक्ति र नैतिक पुजी राख्छ ?  निर्दिष्ट लक्ष्य के हो ? भन्ने हुन्छ ।  अर्को पक्ष पनि छ– केही बहस भने साँच्चैको बहसकै लागी उठाइएका भने हुँदैनन् ।

शिकार एकातर्फ निशाना अर्कातर्फ ताकिएको हुन्छ । स्वयम् बहस सर्जकलाई पनि त्यस बहसले आकार लेओस् र निर्णायक परिणाम निकालोस् भन्ने हुँदैन ।  त्यस्ता बहस उठाइनुका कारणमा त्यसले कस्तो प्रतिक्रिया पैदा गर्छ ? तरंगका राप र ताप के, कस्ता हुन्छन् ? आयातन कति फराकिलो हुन्छ ? प्राज्ञिक समुदाय, राजनीतिक वृत्त र मिडियाले कुन स्तर र कुन संवेदनशीलताले ग्रहण गर्छ ? वा लक्षित आर्कबाट कुन उजाईबाट जवाफ दिन्छ भनेर हवाई फाएर गरिएको हुन्छ । सो आन्तरिक र वाह्य शक्ति सन्तुलनका घाचपेचमा ट्रयाक टु पोलिटिक्सभित्र पनि पर्छ ।
एकातर्फ युगान्तकारी परिवर्तन गराउने जनयुद्धलाई सत्ता अपराधिक क्रियाकलाप सावित गर्ने प्रयास गर्दै अर्को द्वन्द्व नित्याइरहेको छ । संविधासभा हल रणभूमि बनेको छ । जनयुद्ध र जनआन्दोलनका सहमतीय राजनीतिलाई विस्थापन गरिएको छ ।  संघीय, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष गणतन्त्रको अन्तरिम शासन विधिले उदघोष गरिसकेको युगान्तकारी घटनालाई बिर्साउने खेल भइरहेका छ । साविकका कानुन र अदालती दायरामा निकास खोज्ने परम्परागत शक्तिसँग टसल झन बढ्दो छ । यस्तो बेला कम्युनिष्ट पार्टीभित्रैबाट सीमा, समस्या, निकासका घनिभूत बहस मात्र होइन ।

नेतृत्वतहले त नयाँ योजना र कार्यक्रमको पहल पनि पो गर्नुपर्दथ्यो । पर्छ पनि । द्वन्द्वको सामना होइन नयाँ चुनौतीका कार्यभार सम्हाल्नु पर्ने समयमा गैरसमाजवादी धरातलमा हुने यस्ता बहसले दिन खोजेको अर्थ समयानुकुल समेत छैन । कतिपय बहसहरु जतिसुकै सुन्दर, लोकप्रिय र वैज्ञानिकै भए पनि कू समयमा आउँछन भने त्यो गम्भीर विषय बन्न सक्छ । सत्यले पनि अभिव्यक्त हुने समय कुरिरहेको हुन्छ भन्ने कुरा जनयुद्धको नेतृत्वले नबुझ्ने विषय नहुनु पर्ने हो ।
र अन्तमा:

माक्र्सले १ सय ६४ वर्ष पहिला भनेझैं सामाजिक परिवर्तन, प्रविधिको, चेतनाको रुपान्तरण आफैं हुदैन अपितु भौतिक परिवर्तनको सन्र्दभमा नै आउँछ । नयाँ विचार त्यसै हदसम्म स्वीकार या अस्वीकार गरिनेछ जति त्यो संर्घषभित्र प्रतिविम्वन हुन्छ ।

डा. भट्टराईको समस्या भनेको इतिहास बोक्न पनि नसक्नु र छोड्न पनि नसक्नु, रगत देख्न पनि नसक्नु शाकाहारी बन्न पनि नसक्नु हो । स्वयम् माओवादी नेतृत्वले नयाँ शक्ति माओवादीलाई अब पूरानो भयो भनेर मात्र नयाँ शक्तिको खोजीको धरातल तयार हुन्छ  । कम्युनिष्टहरु आफ्ना उद्देश्य, दृष्टिकोण र लक्ष लुकाउँदैनन् । पवित्र चाहना, मानवतावादी समानताको आर्दश लक्ष्य र त्यसलाई प्राप्तिको वैचारिक साधनप्रति हाकाहाकी बहस नउठाएर कोरा आर्दश भावनाको अपेक्षा रहेकाले त्यो निमित्त कारणबाट उठेका बहस मात्र भन्न सकिन्छ । बरु त्यो निमित्त कारण के हो ? यो भने बहसभित्रको बहस चाहिं हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us