‘बाबुरामसँग दिक्क लागेर आयो’

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १०:५४ मा प्रकाशित

मलाई विगतमा सबैले बाबुराम भट्टराईको ‘किचन क्याविनेट’ को मान्छे भनेर चिन्ने गर्दथे । समान दृष्टिकोणका आधारमा उहाँसँग कतिपय Ram Karkiअवस्थामा नजिक रहेर काम गरेको पनि हो  । तर यसको अर्थ उहाँले चालेका सबै कदममा पछि लाग्नुपर्छ भन्ने दास मानसिकता ममा छैन । व्यक्तिलाई भन्दा उसले अंगीकार गरेका मुद्धाका आधारमा समर्थन वा विरोध गर्ने हो ।

धेरैलाई थाहा छैन खरिपाटी बैठकमा बाबुराम पक्षका भनेर चिनिएका मसहित देवेन्द्र पौडेल र प्रभु साहले मोहन वैद्य ‘किरण’लाई समर्थन गरेका थियौं । किरणजीले अध्यक्ष (प्रचण्ड) सँग मिलेर भारतविरुद्ध राष्ट्रिय युद्ध गर्ने भन्न थाल्नुभो त्यसपछि उहाँलाई छाडेर फेरि बाबुरामजीलाई साथ दियौं । बाबुरामजी प्रधानमन्धी भएपछि उहाँको काम गर्ने तरिकाबाट दिक्क लागेर गुट विषेशबाट अलग भएर बसेको छु ।

प्रचण्डसँग मिल्दा जनवाद नचाहिने नमल्दिा मात्र चाहिने ?
हाम्रो पार्टीभित्र पछिल्लो समय नोकरशाही प्रवृत्ति हाबी छ  ।  नीति निर्माणमा सकैलाई सहभागी गरार्इंदैन । केही नाम चलेका नेता बसेर सबै कुरा टुंग्याउँछन् । यत्तिसम्म कि सहश्राब्दीकै लागि अर्थ राख्ने कुराका लागिसमेत दुई जना तीन जना बसेर निर्णय गर्छन् । त्यसको म सदैव विरोध गरिरहन्छु । पार्टीभित्रको जनवाद बलियो भएमात्र समाजवादी क्रान्ति सम्भव छ । बाबुरामजी हेटौंडा महाधिवेशनबाट चुनिएर आउनुभयो ।

महाधिवेशनमा आफ्नो केही फरक मत राख्नु भएन । तर फर्किएर काठमाण्डु आएपछि कुनै पदमा नबस्ने घोषणा गर्नुभयो । त्यस्तो गम्भीर निर्णय लिनुभन्दा पहिले कसैसँग परामर्श गर्नुभएन । राजनीति गर्ने व्यक्तिले त समूहमा बसेर छलफल गर्ने र छलफलको निष्कर्षका आधारमा निर्णय गर्छन् नि । उहाँ सधैं व्यक्तिगत निर्णय गर्नुहुन्छ । उहाँले आफूलाई जे ठीक लाग्छ त्यही निर्णय गर्ने अनि हामीले साथ दिनुपर्ने ?

त्यो कुरा मलाई मन पर्दैन । राष्ट्रिय सम्मेलनमा अध्यक्षले गरेको प्रस्तावमा केही साथी केन्द्रीय समितिमा परे, केही परेनन् भनेर विरोध गरेको हो भने त्यो गर्न पाइन्छ । तर आफ्नो गुटका कोही पनि कमिटिमै बस्दिन भनेर गर्न खोजेको के ? चित्त नबुझेका कुरामा भित्रै बसेर पो संघर्ष गर्ने हो । बाहिर कराएर केही हुनेवाला छैन । राष्ट्रिय सम्मेलनले चुनेका कयौं व्यक्तिका बारेमा मलाई पनि चित्त बुझेको छैन । तर त्यसो भन्दैमा मैले कमिटीमै बस्दिन भन्न मिल्दैन । अध्यक्ष र आफू मिलेका बेलामा को कति चिप्लिए, को कति लछारिए भन्ने बारेमा बाबुरामजीले केही ख्याल गर्नुभएन । आफू मिलेका बेलामा जनवाद नचाहिने जव कुरा मिल्दैन अनि जनवादको चर्का नारा लगाउने ?
जे भयो राम्रो भएन
राष्ट्रिय सम्मेलनबाट चुनिएको केन्द्रीय समितिमा हामी पूरानामध्येका केही छौं र केही साथी बाहिरै बस्छौं भनेर हिंड्नुभयो, त्यो राम्रो भएन । यसले पार्टीभित्र र बाहिर पटक्कै राम्रो सन्देश गएको छैन । यसो हुनुमा म कुनै व्यक्ति विशेषलाई आरोपित गर्न चाहान्छ । यस्तो हुनुको मुख्य कारण हाम्रो पार्टीभित्र हुर्किएको गलत संस्कार हो ।

नयाँ शक्तिबारे केही कुरा
बाबुरामजीले केही समयदेखि नयाँ शक्तिको कुरा गर्दैै आउनुभएको छ । अहिले केन्द्रीय समिति बहिस्कार गरेका कारण कतिपयले यसलाई नयाँ शक्ति निर्माणको प्रस्थान बिन्दु ठानेका होलान् । त्यो स्वभाविक पनि हो । तर मलाई लाग्दैन कि उहाँले नयाँ शक्ति निर्माण गर्नुहोला । नयाँ शक्ति नयाँ विचारले जन्माउँछ । नेपालको राजनीति सही ढंगले हाँक्न सक्ने नयाँ शक्ति त चाहिएकै छ । तर त्यो नयाँ शक्ति कसको नेतृत्वमा र कहिले निर्माण हुन्छ म भन्न सक्दिन ।

जनताले कुनै पनि विचारको आधार, विचार अघि सार्नेको व्यवहार र निष्ठा सबै हेर्छन् । जनता र कार्यकर्ता कसैले नयाँ विचार ल्याउने वित्तिकै पछि लाग्ने हो भने त राजनीति शास्त्रका विद्वानहरुले धेरै विचार लेखेका छन् । नयाँ शक्ति ल्याउनेको आँट र त्यसलाई पार लगाउने नेतृत्व क्षमता कस्तो छ त्यो पनि हेर्छन् । अहिले नेपालको राजनीतिक बजारमा धेरैले नयाँ शक्तिको कुरा गरिरहेका छन् । अहिले नेपाललाई नयाँ ढंगले हाक्ने विचार र शक्तिको खाँचो परेको सत्य हो, तर कसले भनेको नयाँ शक्ति सही हो ?

पार्टीको संस्थागत जीवन समाप्त पार्नेमा बाबुराम दोषी

बाबुरामजीले के सोचर पछिल्लो निर्णैय लिनुभयो मलाई त्यसबारे केही थाहा छैन । उहाँले कहाँसम्म सोच्नुभएको हो त्यस विषयमा उहाँबाहेक सकैलाई थाहा छैन । नजिकबाट संगत गरेका आधारमा मलाई लाग्छ उहाँ भावावेशमा आएर निर्णय गर्ने मान्छे होइन । उहाँको आफ्नै क्यालेण्डर हुन्छ । आफूलाई थापा नभएको क्यालेण्डरका बारेमा केही भन्न सकिन्न । पार्टीको संस्थागत जीवन समाप्त पार्नमा बाबुरामजी पनि दोषी हुनुहुन्छ । पार्टीमा आएका विक्रिति विसंगति,  साँघुरिएको निर्णय प्रक्रिया र जनवादीकरणका लागि संघर्ष गरिरन्छु ।  म कुनै नेता विशेषको मान्छे भएर काम गर्दिन । बाबुरामजीले अर्को पार्टी खोल्नुहुन्छ होला भन्ने पनि लाग्दैन ।  किनभने उहाँले विराटनगरको राष्ट्रिय सम्मेलनमा पार्टीको अनुशासनमा बस्छु । पार्टीमै काम गर्छु भन्नुभएको छ ।

यसकारण नयाँ शक्‍ति बनाउन सक्दैनन् बाबुराम
बाबुरामजी जतिखेर प्रधानमन्त्री हुनुभएको थियो । त्यतिबेला उहाँले काम गर्ने अवसर र समय पाउनुभएको थियो । त्यो उहाँका लागि परीक्षणको घडी थियो । तर परीक्षणमा उहाँ फेल हुनुभयो । कम्युनिष्टहरु सत्तामा पुगेपछि शासन गर्ने सौभाग्य पाइयो भन्ने ठान्छन् । सत्तामा पुगेपछि जनतामा हिजो गरेका बाचा बिर्सन्छन् र आफ्नै ढंगले काम गर्छन् । परिणामत: बाबुरामजीका हकमा पनि यो कुरा लागू भयो । सत्तामा पुगेपछि काम गर्ने नयाँ शैली चान्छि ।
ल्याटिन अमेरिकामा पनि कम्युनिष्टहरु चुनाव जितेरै सत्तामा पुगेका हुन् । तर उनीहरुले आफूभन्दा जनतालाई केन्द्रमा राखेर काम गरे । तानागोता, छोराछोरी, श्रीमती, भाइ–भजितासँगको सम्बन्ध इन्कार गरे । तर हाम्रा नेताहरुले त्यो गर्न सकेनन् । हामीहकाँ जो–जो कम्युनिष्ट सत्तामा पुगे जनताका आँखाबाट हेर्दा उनीहरु र हिजोका काँग्रेस–पञ्चका व्यवहारमा केही फरक पाइएन । उहाँहरुका मनमा क्रान्तिकारिता थियो होला, केही गरौं भन्ने भावना थियो होला तर जनताले थापा पाउने गरी व्यवहारमा अनुवाद भएन । जनताले देख्ने गरी यो प्रधानमन्त्री राम्रो रहेछ । जनताको पक्षमा काम गपर्‍यो भन्ने केही देखिएन । त्यसैले नयाँ शक्ति बनाउँछु भनेर हिंड्न कम्तिमा उहाँका हकमा त्यति सहज छैन । बाबुरामका लागि नयाँ शक्ति बनाउन त्यतिबेला सहज थियो जतिबेला उहाँ प्रधानमन्त्री हुनुभएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us