संसद्ले बिस्र्यो ‘निर्वाचन धाँधली छानविन’

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते १:१२ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – व्यवस्थापिका संसद्ले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने बिषयलाई बिर्सेको छ ।

चुनावमा नराम्रो नतिजा आएपछि धाँधली भएको भन्दै एकीकृत नेकपा माओवादीले चकोै विरोध गरेपछि संसदीय छानविन समिमि गठनको सहमति भएको थियो । दलहरुबीच सहमति भए पनि संसद् अधिवेशन अन्त्य हुँदासम्म समिति भने गठन हुने सकेन ।

गत १२ माघदेखि सुरु संसद अधिवेशन मंगलबार अन्त्य भएको छ । एमाओवादीसँग संविधानसभा धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्ने बिषयमा प्रमुख राजनीतिक दलबीच सहमति भएपछि संविधानसभाको बैठक र संसद अधिवेशन बोलाइएको थियो ।

तर, संसदीय छानविन समिति गठन गर्नुपर्ने बिषयमा एमाओवादीका नेताहरुले केही समय संसदमा आवाज उठाइरहे पनि अन्तिममा संसद्ले छानबिन नै गठन नगरी अधिवेशन अन्त्य भएको छ ।

प्रमुख राजनीतिक दल कांग्रेस, एमालेले निर्वाचनको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति गरेपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक बोलाएका थिए राजधानी दैनिकले छापेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us