सन्दर्भ मई दिवसको

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते १०:२६ मा प्रकाशित

white&blackविश्वका मजदुरहरु एक हौ भनी सबै श्रमजिवीहरुले मई महिनालाई महत्वपूर्ण पर्वका रुपमा मनाउन थालेको आज एक सय पच्चिस वर्ष पूरा भइसकेको छ । यस एक सय पच्चिस वर्षको समयावधिमा विश्वमा धेरै मजदुर आन्दोलनहरु भए । मजदुरको हकअधिकारका लागि मजदुरहरुले नै रगत र पसिना बगाउँदै अधिकारको लडाइँ लड्नु पर्‍याे । अहिले पनि परिरहेको छ । अधिकारको यस लडाइँमा धेरै मजदुरहरुले ज्यान गुमाए । धेरैका अंगभंग भए भने थुप्रैले आफ्नो रोजी रोटी गुमाए । अधिकारको यस लडाइँले मजदुर वर्गमा पारेको मानसिक पीडाको गणना त सम्भव नै छैन ।

यसरी मे डे भनेर यो दिनलाई परिभाषित गरिएको हो यस दिनलाई सार्थक बनाउनका लागी ईतिहासमा गणना भएको शुरुवाती बलिदानी गर्ने भनेर चिनिएका अमेरिकाको शिकागो शहरका मजदुर स्यामुअल अल्र्वट,लुईस,अगस्त,माईकल , जर्ज र एडल्फ ,लाई मानिएको छ । तिनै मजदुर शहिदहरुको को अनुसरण र तिनको बलिदानीको सम्झनामा बिश्वभरिका मजदुरहरुले काम , उचित दाम,मनोरञ्जन र आरामको लागी आजका दिन सम्म संघर्ष , नगरेको सायद कुनै दिन होला बिश्वभरि कुनै न कुनै रुपमा संघर्ष जारी छ ।

नेपालमा मई दिवस किन ?
मजदुरी गरेर आफुमा आश्रित हरुको र आफ्नो जिबिका चलाउने जति सबै मजदुर हुन । नेपालको हकमा अन्र्तराष्ट्रिय परिभाषा भित्र र हिजो मईदिवस मनाउन शुरु गर्दाको अवस्था हेर्नेहो भने अहिले त्यस्ता अवस्थामा रहेका मजदुर लगभग कुल मजदुरको १०प्रतिशत त्यहि १२५ बर्ष पहिलाको अवस्थामा छन जसलाई जस्तो सुकै पिडाभएपनि काम गर्नु पर्ने बाध्यता छ ।

जस्तो घरेलु मजदुर , बाल मजदुर ठेकेदारको मा काम गर्ने मजदुर र पिस रेटका आधारमा काम गर्ने मजदुरको अवस्था साथै गिटी कुटने वालुवा चाल्ने हरुको अवस्था र तिनमा मईदिवसको अवधारणा लगाउन सक्ने अवस्था अहिले पनि प्रष्ट छैन यसो हेर्दा असंगठित क्षेत्र माथि उल्लेख गरिएको प्रतिशतको झण्डै पाच गुणा बढी हुन जान्छ
कतिपय क्षेत्रमा मजदुर संगठनले आफ्नो पहुच पुगाएको कारण र नपुगेको ठाउमा पनि त्यहाका कुरा बाहिर जाने भएको कारण दमनमा कमि आएको पाईन्छ । त्यति हुदा हुदै पनि कतिपयका बाध्यात्मक परिस्थीतीका कारण तिनको मनो बिज्ञान र बाध्यताको फाईदा उठाएर चरम शोषणको शिकार बनेका छन ।

प्रतिवाद गर्दा आफ्नो रोजी रोटी गुम्ने र आफ्नो सहारामा बाचेकाहरुको पिडाका कारण उनले दिन प्रति दिन हिसां व्यहोर्नु परेको छ । यसमा महिला हरुमाथि त यौन हिसां डरलाग्दो तरिकाले बढिरहेको छ । यौन हिसां नेपाली समाजको चरित्र अनुसार पनि बाहिर आउन सकेको छैन , नेपालको राजधानी जस्तो ठाउमा समेत यो व्याप्त छ ।

काठमाण्डौका गेष्टहाउस , रेष्टुरेन्ट ,प्राय जसो अफिसहरु र कतिपय मिडिया हाउसहरुमा समेत यो हाकाहाकी महिलाहरुमाथि यौन हिसां भएको घटना बाहिर आएका छन भने ९०प्रतिसत घटना बाहिर आएका छैनन । यसरी महिला मजदुरमा अहिले पनि मईदिवसको औचित्यता र महत्वले प्रभाव पारेको भन्न गाह्रो छ यसको अर्थ यसका बिषयमा महिलामा जागरुकता नभएको वा यसका बिरुद्ध लडन सक्ने महिला नभएको भन्ने होेईन महिला मजदुरको लगभग ५प्रतिशत महिला शसक्त र राम्रो ठाउमा छन जसलाई मई दिवस वारे ज्ञान छ तर मतलव छैन मतलव भएपनि तिनले यसलाई व्यापारका रुपमा बुझि दिन्छन गोष्ठी र सेमिनारमा बिश्वास राख्छन ।

जसलाई मतलव छ त्यसलाई सहयोग गर्ने र तिनको भावना बुझेर कार्यक्रम बनाउने निकाय छैन कथम कदाचित कार्यक्रम बनेको खण्डमा र त्यस्ता ठाउका पिडितलाई उद्धार गरि हालेमा तिनको उचित व्यबस्थापन नहुने र तिनीहरु ताप्केको माछा भुङ्ग्रोमा को स्थितिमा पुग्छन त्यसैले राज्यको निति मजदुर मैत्रि नभएका कारण हामीले मनाउने मजदुर दिवस सन्देहको घेरामा छ ।

हाम्रो जस्तो मुलुकमा यसको समाधानका लागी सबै भन्दा पहिला सबै श्रम जिवीहरुको एउटा साझा कार्यक्रम र त्यसको निगरानी आफैबाट शुरु भएर जानु पर्ने हो तर यहा भएका मजदुर संगठनहरु जसले मईदिवसको परम्परालाई अहिले धानी रहेका छन तिनको बिचमा पनि व्यापक खाडल छ त्यहाको बिभेदले एउटा डरलाग्दो रुप धारण गरि सकेको छ । यो भित्र ह्वाईट (सेतो )र (व्लु) निलो मजदुरको रेखा प्रष्ट देखिई सकेको छ । एउटै संगठनमा जोडिएका मजदुरहरुमा पनि यो स्थिति प्रष्टताका साथमा देख्न सकिन्छ यसलाई मेट्न ट्रेड युनियन हरु असफल जस्तै भएका छन भने कतिपय यसलाई स्थापित गराउन लागि परेका छन ।

मजदुर भित्र प्रवेश गरि मजदुरहरुलाई बिभक्तिकरण गरिरहेका अन्र्तराष्ट्रिय संगठन र तिनका नेपालका प्रतिनिधिहरु यसमा व्यापक लागेका छन जसको शिकार नेपाली मजदुरहरु दिन प्रति दिन हुदै गईरहेका छन । नेपालको हकमा आईएलओ अन्र्तगत रहेका संगठन भनु वा डव्लु एफ टियु संग आबद्ध संगठनहरु नै भनु तर नेपालमा यिनको बिभेद डरलाग्दो रुपमा बिकशित भई सकेको छ राज्यको मातहतमा रहेका सरकारी कर्मचारीहरुलाई अहिले पनि मईदिवस लाग्दैन ,तिनलाई आफु मजदुर होईन भन्ने भ्रम छ वा आफुलाई मजदुर भन्न लाज लाग्छ,वा त्यस्तै परिभाषा पढाईएको छ ।

पत्रकारहरु जो आईएलओमा आवद्ध छन तिनलाई पनि मईदिवस लाग्दैन ,यद्यपी दिनभरि भारि बोक्ने बालुवा चाल्ने वा खानीमा काम गर्ने मजदुरको भन्दा बढी जोखिम नेपालमा बहुसंख्यक पत्रकारहरुको छ । यो सत्य संग साक्षात्कार हुन पत्रकारहरु चाहदैनन कारण माथि भनिए झै नेपालमा मजदुर बिरोधी गठबन्धन र डलरका भिखारीहरुले र राज्यमा रहेको मजदुर बिरोधीहरुले कुनै न कुनै आधार दिएर श्रमिक मजदुर हरुलाई एक हुन दिदैन । तिनको दर्ता प्रकृया र संगठीत हुने अधिकारमा समेत राज्यले खुकुलो कानुन बनाई दिएको छ ।

जो ह्वाईट मजदुर भनिएको छ हो जसलाई आफ्नो मानसिक प्रयोग गर्नु पर्छ वा अलि सहज काम छ त्यसलाई राज्यले पनि सहज बाटो बनाई दिएको छ । जो वास्तबिक पसिना संग आफ्नो श्रम साटिरहेको छ , जसलाई राज्यले सहज बातावरण दिनु पर्ने हो राज्यको निकायमा जसको पहुच कम छ जसलाई अलि विषेशाधिकारको आवश्यकता हो, आरक्षण वा अवसरमा सहज पहुच दिनु पर्ने हो व्लु भनिएका मजदुर त्यसलाई राज्यले पनि बाधेको छ आफ्ना बिभेदकारी कानुनले साथै मजदुरको हकहितमा कानुन नबनाईनु र भएका कानुनपनि अपव्याख्या गर्दै कार्यान्वयन नगरिएको अवस्था छ , तसर्थ राज्य कै तहवाट यसको समाधानमा लाग्नका लागी नेपालमा कृयाशिल र जसले मईदिवसलाई साच्चिकै मजदुर वर्गको हित र तिनमा सचेतना दिलाउनका लागी मनाउने गरेका छन तिनले यस बिषयमा एकमत हुनु आवश्यक छ ।
अहिले गम्भिर रुपमा बिकाश भईरहेको यो मजदुर भित्रको बर्गको बिभेदको अन्त्य गरिनु मईदिवसको पहिलो कार्यभार हुन सक्छ । भने सबै मजदुर बिचको एकता आजको आवश्यकता । यहि नै मई दिवस मनाउनुको सार्थकता ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us