अल्जेरिया निर्वाचनको बेलायतद्वारा स्वागत

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते ७:४५ मा प्रकाशित

लन्डन, ७ वैशाख -अल्जेरियामा राष्ट्रपति पदको लागि सम्पन्न भएको निर्वाचनको बेलायतल स्वागत गरेको छ ।

बेलायतसँग समान राजनीतिक सिद्धान्त राख्ने राष्ट्र अल्जेरियामा शान्तिपूर्ण मतदान सम्पन्न भएको र निर्वाचनबाट पुनः राष्ट्रपति अब्देलाजिज बोटेफ्लिका विजयी भएकोमा बेलायती विदेशमन्त्री विलियम हेगले बधाई दिएको बेलायती विदेश तथा राष्ट्रमण्डल कार्यालय (एफसिओ) ले जनाएको हो ।

अल्जेरियामा वर्तमान राष्ट्रपति अब्देलाजिजले खसेको कुल मतको करिब ८२ प्रतिशत भन्दा बढी ल्याई चौथौ पटक पनि राष्ट्रपतीय पदमा निर्वाचित भएको मुलुकका गृहमन्त्री ताएब बेलाईजल गत शुक्रबार घोषणा गरेक थिए ।

सत्तारुढ फ्रन्ट डे लिबरेसन नेसनल पार्टीका ७७ वर्षीय अब्देलाजिजले आफ्ना मुख्य प्रतिद्वन्द्वी अलि बेन्फ्लिसलाई हराई पुनः निर्वाचित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us