अमेरिकी राष्ट्रपति ओबामाको एसिया भ्रमण

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ७:५६ मा प्रकाशित

वासिङटन, ६ वैशाख – अमेरिकी राष्ट्रपति बाराक ओबामाले आउँदो साता एसियाको भ्रमण गर्नुहुने भएका छन् । त्यसले यस क्षेत्रसँग अमेरिकी गठबन्धनलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ । यसबीच यस क्षेत्रमा तनाव बढिरहेको देखिएको छ ।

राष्ट्रपति ओबामाले जापान, दक्षिण कोरिया, मलेसिया तथा फिलिपिन्सको भ्रमण गर्नुहुने बताइएको छ । यसबीच उहाँमाथि अमेरिकाका सहयोगी मुलुक तथा चीनबीच जलक्षेत्रका विषयमा भएका विवाद समाधान गर्न दबाब पर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us