पार्टी नेतृत्व गुटबन्दीको शिकार – नेता श्रेष्ठ

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १२:५९ मा प्रकाशित

Narayan Kaji Shrestha interview ktmtdy2पोखरा, ५ वैशाख – एकीकृत नेकपा (माओवादी)का नेता नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्व नै गुटवन्दीको शिकार भएको बताउँदै यसको अन्त्य हुन नसके पार्टीले गति लिन नसक्ने बताएका छन् ।

एमाओवादी कास्कीको छैठौं जिल्ला सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले दोस्रो संविधानसभाको निर्वाचनमा पार्टी आन्तरिक कारणले नै पहिलोबाट तेस्रो स्थानमा पुगेको उल्लेख गरे । तीन नेताको फेरो समातेर पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।

शान्ति प्रक्रिया भाँड्न देशी विदेशी तत्व सक्रिय रहेको बताउँदै उनले देशमा शान्ति कायम नभए नयाँ लोकतान्त्रिक संविधान पनि बन्न नसक्ने विचार व्यक्त गरे ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा जिल्लाका ४३ गाविस र दुई नगरपालिकाका सबै वडाबाट निर्वाचित ४४९ जना प्रतिनिधि, मनोनित २२ प्रतिनिधि र २३ जना पर्यवेक्षक गरी ४९४ प्रतिनिधिको सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us