
भैरहवा, ५ वैशाख – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मुलुक बहुराष्ट्रिय कर्मचारीले बिगारेको आरोप लगाएका छन् ।
नेपाल जेसीजको १७ औँ नेसनल काउन्सिलर एकेडेमीको भैरहवामा आज उद्घाटन गर्दै उनले ‘नेपालका निजामती कर्मचारी नेपालीले तिरेको करबाट तलब खाने तर सपना र विपना विदेशमा राख्ने गर्नाले यो देश पछाडि परेको छ भने ।
मन्त्री पण्डितले नेपालका कर्मचारी जागिर खाँदा खाएको शपथअनुसार काम नगरी पैसाका लागि काम गर्ने गरेको बताए । उनले कर्मचारीले नेपाल र नेपालीलाई बन्धकी राखेर नेपालको बदनाम गरेको समेत बताए ।
पिआर र ग्रीन कार्ड लिएर विदेश जाने मनस्थिति बनाएका कर्मचारीबाट देशको विकास नहुनेसमेत उनलदे प्रष्ट पारे ।