
काठमाडौँ, ५ वैशाख – सरकारले यही वैशाख ६ र ७ गते देशका पचहत्तरै जिल्लाका ६ महिनादेखिका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ ।
यस अभियानअन्तर्गत करिब २४ लाख बालबालिकालाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
देशका सबै नगरपालिका र गाउँ विकास समितिका हरेक वडामा तोकिएको केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइएको छ ।