भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १२:५२ मा प्रकाशित

वीरगन्ज, ५ वैशाख । नोकरी लगाइदिने प्रलोभन देखाउ“दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया“ ठगी गरेको आरोपमा प्रहरी आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण रक्सौलका सोनु श्रीवास्तव भनिने अनुप श्रीवास्तव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई वीरगन्ज उपमहानगरपालिका–१० गहवाबाट पक्राउ गरेको हो ।

मासिक २० हजार भारतीय रुपैया“ तलब, प्रतिट्रिप रु पाँच हजार भत्ता तथा वार्षिक एक लाखको जीवन बिमाको सुविधासहितको जागिर लगाइदिने प्रलोभन दिँदै श्रीवास्तवले मकवानपुरका सवारी चालकसँग लाखौं रुपैया“ ठगी गरेको आरोप पीडित पक्षको छ ।

पक्राउ परेका श्रीवास्तवले हालसम्म १५ जनासँग ६ लाख ३१ हजार ठगी गरेको पीडित पक्षले बताएको छ । रकम दिएको महिनौं दिन बितिसक्दा पनि जागिर नलगाइदिएको र दिएको रकम पनि फिर्ता नगरी आलटाल गर्दै आएपछि उनीहरुले आफू ठगिएको चाल पाएका थिए । श्रीवास्तवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us