
सोलुखुम्बु, ५ वैशाख – सगरमाथाको आधार शिविर र शिविर–१ बीचमा हिमपहिरोमा परी मर्नेको संख्या १४ पुगेको छ । अन्य ७ जनाको भने उद्दार गरीएको छ । आधार शिविरबाट भारी लिएर गएका झण्डै २५ जनाको टोली हिमपहिरोमा परेको हो । मृतक मध्ये १४ जनाको शव निकालिसकेको प्रहरी प्रमुख डिएसपी बद्रीबिक्रम थापाले जानकारी दिए ।
मृत्यु हुनेमा लाक्पा तेन्जिङ शेर्पा, छिरिङमन्खु शेर्पा, दोर्जे शेर्पा, आङछिरिङ शेर्पा, मिन्मा शेर्पा, आङकाजी शेर्पा, पासाङकर्मा शेर्पा, निमा शेर्पा, दोर्जे शेर्पा, फुर्वा शेर्पा, आशमान तामाङ, छिरिङ शेर्पा ,मंगेली शेर्पा र बाङगेली शेर्पा रहेका छन् ।
पहिरोमा परी गम्भिर घाइते भएका सोलु वाकुका २४ वर्षिय फुरी शेर्पालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अन्यको भने स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल सदरमुकामबाट ७ दिन पैदलबाट पुग्न सकिन्छ ।