
सिडनी, ३ वैशाख । बेलायतका नव युवराज जर्ज विलियम र नवयुवराज्ञी केट मिडल्टन बुधबार अष्ट्रेलिया पुगेका छन् । उनीहरु अष्ट्रेलियाको दश दिने भ्रमणका सिलसिलामा बुधबार सिडनी पुगेको समाचारमा जनाइएको छ ।
उनीहरुका छोरी एवम् नवअधिराजकुमारी पनि साथमा छन् । अष्ट्रेलियाको यो भ्रमण उनीहरुको पहिलो भ्रमण हो । युवराज दम्पत्तिलाई सिड्नीको ओपेरा हाउसमा बुधबार भव्य स्वागत गरिएको छ । उनीहरुलाई सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरी सिड्नी लगिएको थियो ।
उनीहरु आजदेखि तीन दिनसम्म सिड्नी बस्नेछन् ।