प्रधानमन्त्रीले प्रतिपक्ष र सत्तारुढ दलसँग छलफल गर्ने

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ३:११ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ३ बैशाख – प्रधानमन्त्री सुशील कोइरालाले आज सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

विहानैदेखि अनौपचारिक छलफल जारी राखेर संविधानसभा भवन नयाँबानेश्वरमा उनले सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गर्ने उनको सचिवालय जनाएको छ ।

उनले फुजेल घटनापछि उत्पन्न अवस्थाका बारेमा छलफल गर्न लागेका हुन् ।

हिजो प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एकिकृत नेकपा माओवादीका प्रतिनिधि सहभागि नभएपछि प्रधानमन्त्रीले आजै संविधानसभा भवन नयाँबानेश्वरमा छलफलको तयारी गरेको सचिवालय स्रोतको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us