
चितवन, २ वैशाख – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेकाहरुसँग चितवन जिल्ला अदालतले बयान लिन सुरु गरेको छ ।
जिल्ला अदालतले मंगलबार पक्राउ परेकामध्ये छविलाल पौडेलको बयान लिएको छ । पौडेलको बयान नसकिएकाले बुधबार पुन: बयान लिइले अदालतले जनाएको छ ।
चितवन जिल्ला अदालत अदालतका श्रेस्तेदार विद्याराज पौडेलले छविलालको बयानपछि भिष्मराज पौडेलको बयान लिइने बताए । बयानका लागि पौडेल द्वयलाई कडा सुरक्षाबीच अदालत पुर्याइएको थियो ।
अभियुक्तको बहसपछि थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ । अधिकारी हत्या आरोपमा संलग्न रहेको आरोपमा १३ जनालाई सर्वश्वसहित जन्म कैदको सजाय माग गरी आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।