ओलीलाई जसरी पनि अध्यक्ष जिताउँछौं: बस्नेत

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १४:०८ मा प्रकाशित

चितवन, २ वैशाख– एमाले युवा संघ अध्यक्ष महेश बस्नेतले नवौं महाधिवेशनबाट पार्टी नेतृत्व नेता केपी ओलीको हातमा जाने बताएका छन् ।
mahesh-basnetचितवनको भरतपुरमा मंगलबार आयोजित नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले अध्यक्षमा केपी ओलीको विकल्प नरहेको दाबी गरे ।

उनले एमाले बचाउन र गुटबन्दी अन्त्यका लागि ओलीलाई जसरी पनि जिताउने बताए । ‘एमाले बचाउन केपी ओलीको विकल्प छैन’, बस्नेतले भने, ‘हामी पार्टी एकताका लागि जसरी पनि उहाँलाई जिताउँछौं ।’

उनले नेता ओलीको स्वास्थ्यको विषयलाई लिएर पार्टीभित्रै राजनीति भइरहेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us