पूर्वराजा शाह भन्छन्, ‘हिन्दू धर्म विश्वकै महान’

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १३:५७ मा प्रकाशित

सुनसरी,  २ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू धर्म विश्वकै महान धर्म भएको बताएका छन् ।
gyanendra shahसुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा चलेको कुम्भ मेलामा स्थान गर्न पुगेका उनले हिन्दू धर्म संसारमै महान र उदार धर्म भएको बताए । पूर्वीय अध्यात्म जीवन पद्धति विश्वकै लागि अनुकरणीय रहेको भनाइ उनको थियो ।

शाहले हिन्दू धर्मले राष्ट्र र समाजको हित गर्नुका साथै राष्ट्रिय एकता, अखण्डता, सहिष्णुता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने दाबी गरे । कुर्ता सुरुवाल लगाएर गएका पूर्वराजा शाहले कुम्भमेलाअन्तर्गत दोश्रो महाकुम्भ स्नानको रिवन काटेर उद्घाटन गरेका थिए ।

पूर्वराजा कुम्भमेलामा पुग्दा आयोजक र उनका समर्थकले स्वागत गरेका थिए । कुम्भ मेलामा स्थान गर्न यसअघि राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी चतारा पुगेका थिए । गत चैत १७ गतेदेखि सुरु भएको कुम्भमेला आगामी वैशाख १९ गतेसम्म चल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us