फेरि जनयुद्धमा जान्छौं: वैद्य

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १४:१६ मा प्रकाशित

प्यूठान, २ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका घटनामा संलग्न रहेको आरोपमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्धा र पक्राउ पुर्जी mohan baidhyaजारी गर्ने क्रम नरोकिए फेरि जनयुद्धमा जान सक्ने चेतावनी दिएका छन् ।
नेकपा–माओवादी प्यूठानको तेश्रो जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष वैद्यले नयाँ उचाईबाट जनयुद्धको थालनी गर्ने बताएका हुन् । शान्ति प्रक्रियाको भावनाविपरीत द्वन्द्वकालिन घटना ब्युँताएर जनक्रान्तिका उपलब्धी खोस्न खेजिए मुलुकमा आँधिबेहरी ल्याइदिने चेतावनी दिए ।

वैद्यले फुजेलका कृष्ण अधिकार हत्या प्रकरणसहित देशका विभिन्न स्थानमा द्वन्द्वकालीन घटनामा संलग्न रहेको आरोपमा व्यक्तिव्यक्ति पक्रेर जेल हाल्ने काम तत्काल रोक्न र पक्राउ परेकालाई रिहा गर्न सरकारसँग माग गरे ।

‘शान्तिप्रक्रियाको भावावनाविपरीत जनयुद्धका घटना ब्युँताएर उठाएर जनक्रान्तिका उपलब्धी खोस्ने षड्यन्त्र भइरहेको छ’, वैद्यले भने सरकारले तत्काल षड्यन्त्र नरोके मुलुकमा आँधिबेहरी आउने गरी आन्दोलन गर्छौं ।’

उनले शान्ति सम्झौताविपरीतका गतिविधि रोक्न माग गर्दै सरकारले आफूहरुको आवाज नसुने जनयुद्धकाललीन जनसत्ता र जनअदालत ब्युँताउने चेतावनी दिए । उनले फुजेल प्रकरण उठाएर एमाओवादीले काँग्रेस–एमालेसँग सत्ता बार्गेनिङ गरिरहेको आरोप लगाए ।

वैद्यले वर्तमान संविधानसभाबाट नयाँ संविधान नबन्ने दोहोर्‍याउँदै मुलुकलाई निकास दिन संविधानसभा बाहिर रहेका दलहरु समेतको सहभागितामा  सर्वपक्षीय राजनीतिकसभा गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us