बन्द उद्योगहरु पुनःसञ्चालन गर्न सरकार अग्रसर

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, ३० चैत – उद्योग मन्त्री कर्णबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको बताएका छन् ।

संवाद डवलीले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री थापाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाए आगामी बीस वर्षमा नेपाल युरोपको दाँजोमा पुग्ने दाबी गरे ।

नेपाली पँुजी अनुत्पादक क्षेत्रमा लगानी हुँदा बेरोजगारी बढेको भन्दै उनले उद्योग स्थापना र लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

बन्द उद्योग सञ्चालन र नयाँ उद्योगहरु स्थापनाका लागि सहज वातावरण निर्माण गर्न आवश्यक ऐनहरु निर्माण कार्य अघि बढाउन आफू लागिरहेको पनि उनले जानकारी दिए ।

बन्द उद्योग सञ्चालनलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री थापाले बन्द भएका म्याग्नेसाइट, औषधि, चिनी, कपडा उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

नेपालको १० ठाउँमा पेट्रोलियम पर्दाथ, काठमाण्डु लगायत १० ठाउँमा ग्याँस, तीन ठाउँमा युरोनियम रहेको जानकारी दिँदै उहाँले त्यसको थप सम्भाव्यता अध्ययन भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us