
काठमाण्डु, १ वैशाख– युक्रेनका कार्यवाहक राष्ट्रपति ओलेक्जेण्डर टर्चयोनोफले देशको पूर्वी क्षेत्रलाई विद्रोहीको कब्जाबाट मुक्त गर्न व्यापक सैन्य अभियान चलाइएको बताएका छन् ।
उनले संसदमा सम्बोधन गर्दै क्राइमियामा जस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । क्राइमिया अघिल्लो महिना रुसमा गाभिएको थियो । रुस समर्थक हतियारधारीले देशका विभिन्न आधा दर्जन सहरमा रहेका सरकारी कार्यालय कब्जामा लिएका छन् ।
अमेरिकाले युक्रेनमा संकट गहिरिनुमा रुसको हात रहेको बताएको छ । रुसले पूर्वी युक्रेनमा भएको राजनीतिक घटनाक्रममा आफ्नो कुनै हात नरहेको दावी गरेको छ । रुसले युक्रेनमा रहेका रुसी मुलका नागरिकमाथि सैन्य दमन नगर्न भनेको छ ।
युक्रेन सरकारले विभिन्न कार्यालय कब्जामा लिएर बसेका रुस समर्थित हतियारधारीविरुद्ध सेना परिचालन गरेलगत्तै रुसको यस्तो भनाइ बाहिर आएको छ । रुसका आधा दर्जन सहरमा रहेका सरकारी कार्यालय हतियारधारीको नियन्त्रणमा छ ।