विद्रोही नियन्त्रित प्रहरी चौकी फिर्ता गर्न सुरक्षा फौज

काठमाण्डु टुडे २०७० चैत ३० गते ९:४० मा प्रकाशित

काठमाण्डु, ३० चैत– युक्रेनको सरकारले मुलुकको पूर्वी क्षेत्रमा रुस समर्थित हतियारधारी समूहले नियन्त्रणमा लिएको प्रहरी चौकी फिर्ता लिने प्रयास तीव्र पारेको छ ।
ucrainत्यसका लागि सेना परिचालन गरिएको त्यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्री आरसीन  आभाकोभले बताएका छन् । हतियारधारीले पूर्वी सहर स्लोभियान्सस्थित प्रहरी मुख्यालय केही दिनअघि नियन्त्रणमा लिएका थिए ।

रुस समर्थित प्रदर्शनकारीले स्वतन्त्रताको माग गर्दै केही सातायता लगातारजसो प्रदर्शन गर्दै आएका छन् । यसैबीच रुस सरकारले भने सीमा क्षेत्रमा बढाइएको सुरक्षा तैनाथीले आगामी साता हुने भनिएको वार्ताको भविष्य अन्यौलमा पर्न सक्ने बताएको छ ।

अमेरिकाले भने युक्रेनमा उत्पन्न राजनीतिक संकटको कारक रुस भएकाले समस्या समाधानका लागि उसले गम्भीरता देखाउनुपर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us