ओलीलाई भेट्न पोखरेल पनि दिल्लीमा

काठमाण्डु टुडे २०७० चैत १८ गते १३:४६ मा प्रकाशित

ISHWOR-POKHRELकाठमाण्डु, १८ चैत – एमाले महासचिव ईश्वर पोखरेल पार्टी वरिष्ठ नेता केपी शर्मा ओलीलाई भेट्न मंगलबार दिल्ली प्रस्थान गरेका छन् ।

दिल्लीको म्याक्स अस्पतालमा उपचाररत ओलीलाई भेट्न पोखरेल त्यसतर्फ लागेका हुन् ।

ओली अस्पतालबाट डिस्चार्ज भएपनि चिकित्सकहरुको निगरानीमा आराम गरिरहेका छन् ।

उनलाई भेट्न यसअघि पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसमते दिल्ली पुगेका थिए ।

दुबै नेता नेपाल फर्किसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us