उपप्रधानमन्त्री सिंह र अमेरिकी राजदुतबीच भेतवार्ता

काठमाण्डु टुडे २०७० चैत १८ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, १८ चैत – उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेबीच मंगलबार भेटवार्ता भएको छ ।

सिंहदरबार स्थित मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण र स्थानीय चुनाव बारे कुराकानी भएको थियो ।

स्थानीय निकायको निर्वाचन बारे राजदुत बोडेको जिज्ञासामा मन्त्री सिंहले दलहरुबीच छलफल भइरहेकाले छिट्टै सहमति गरेर निर्वाचनमा जाने बताए ।

साथै राजदूत बोडेले हालको सहयोगलाई यथावत राख्दै थप सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us