कपिलवस्तुमा भिषण आगलागी, बालकको मृत्यु

काठमाण्डु टुडे २०७० चैत १८ गते ९:२९ मा प्रकाशित

कपिलवस्तु, १८ चैत – कपिलवस्तुको वीरपुर–८, पिपरीमा मंगलबार भएको भिषण आगलागीमा परी १ जनाको मृत्यु भएको छ, करिब ४ दर्जन घर जलेका छन् ।

मध्याह्न साढे १२ बजेपछि सुरु भएको आगलागीमा परी स्थानीय ५ वर्षिय बालक शिव भरको मृत्यु भएको हो ।

आगलागीबाट खाद्यान्न, अन्नपात, भाडाकुडा र लत्ताकपडा जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us