बाल आश्रमको सहयोगका लागि महायज्ञ

काठमाण्डु टुडे २०७० चैत १८ गते ९:०० मा प्रकाशित

काठमाण्डु, १८ चैत – बाल आश्रम सञ्चालनका लागि गोठाटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

‘फ्युचर होप नेपाल’ नामक सामाजिक संस्थाको आयोजनामा गोठाटार गाविसस्थित मिलन चोकमा आजदेखि सुरु भएको महायज्ञ यही चैत २५ गतेसम्म सञ्चालन हुने छ ।

महायज्ञमा पण्डित कुबेर सुवेदीले कथावाचन गर्नुभएको छ । सो संस्थाले अपाङ्गता, वृद्धवृद्धा तथा महिला अधिकार संरक्षणको क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदताराले महायज्ञको शुभारम्भ गर्दै बालबालिकालाई उचित संरक्षण गर्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष रीता सिवाकोटीले आश्रमलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ गर्न लागिएको जानकारी दिए ।

कथावाचक सुवेदीले धार्मिक कार्यबाट पनि मानवकल्याण तथा समाजसेवाका कार्य गर्न सकिने विचार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us