बेपत्ता छानबिन आयोग कार्यदलले कुटनीतिज्ञसँग छलफल गर्दै

काठमाण्डु टुडे २०७० चैत १८ गते २:५८ मा प्रकाशित

काठमाण्डु, १८ चैत – सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोग बनाउन गठित कार्यदलले आज बिभिन्न कुटनितिक नियोगका अधिकारीसँग छलफल गर्दैछ ।
दुबै आयोगको मस्यौदा बनाउने जिम्मा पाएको कार्यदलले आज बिभिन्न देशका राजदूतसँग पनि छलफलको तयारी गरेको विषयविशेषज्ञको तर्फबाट मस्यौदा कार्यदलमा सहभागी शान्ति मन्त्रालयका सहसचिव साधुराम सापकोटाले जानकारी दिए ।
राजदूत लगायत अन्तराष्ट्रिय समुदायका विज्ञसँग छलफल हुँदै छ । त्यसैगरी तराई क्षेत्रका द्वन्द्व पीडित र मानव अधिकारकर्मीसँग पनि छुट्टाछुट्टै छलफल आज हुने मन्त्रालयका सहमसचिव सापकोटाले जानकारी दिए ।
द्वन्द्व पीडितहरुको सुझाव र गुनासोहरुलाई आधार बनाएर यही २२ गतेभित्रमा प्रतिवेदन बुझाउने तयारी कार्यदलको छ ।
कार्यदल अन्तर्गत विधेयक मस्यौदा समीक्षा र सुझाव संकलन समिति, समन्वय र विश्लेषण समिति गठन गरिएको छ ।
दुबै आयोगको क्षेत्राधिकार स्पष्ट हुनुपर्ने, मानव अधिकारका दोषीलाई माफी दिन नहुने प्रावधान अनिवार्य राखिनुपर्ने लगायतका सुझाव कार्यदलले प्राप्त गरेको छ ।
द्वन्द्व पीडितकै संलग्नतामा कार्यदल गठन गरी विधेयक बनाउन सर्वोच्च अदालतले सरकारलाई गएको पुस १८ गते परमादेश दिएअनुसार सरकारले समिति गठन गरेर छलफल चलाएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us