मलेसियाका गृहमन्त्री नेपाल आउँदै, जेलमा रहेका नेपालीबारे छलफल हुने

काठमाण्डु टुडे २०७० चैत १८ गते २:५० मा प्रकाशित

mantri malasiyaकाठमाण्डु, १८ चैत –मलेसियाका गृहमन्त्री डा. अहमद जाहिद हमिदी आज नेपाल आउदै छन् ।
तीन दिने नेपाल भ्रमणका लागि १९ सदस्यीय टोलीको नेतृत्व गर्दै साँझ सवा ६ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

अहिले बंगलादेशमा रहनुभएका गृहमन्त्री त्यहाँबाट सोझै नेपाल आउन लागेका हुन् ।
नेपालका बसाइका क्रममा मलेसियाली गृहमन्त्री डा. हमिदीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशिल कोइराला, आफ्ना समकक्षी बामदेव गौतम लगायत उच्च सरकार अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

द्धिपक्षीय भेटवार्तामा उनले मलेसियामा कार्यरत नेपाली कामदारका समस्या समाधान, श्रमसम्झौता र श्रम व्यवस्थापनका बिषयमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै नेपाली सरकारी अधिकारीहरुसँगको भेटमा मलेसियाका विभिन्न जेलमा रहेका तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली कामदारको सहज घरफिर्तीका बिषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us