
काठमाण्डु, १८ चैत – धादिङ्गको भुमिस्थानमा ट्रकसंग मोटरसाईकल ठोकिदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक गोगनपानी बस्ने २७ बर्षीय प्रेम बहादुर तामाङ र पछाडी सवार भुमिस्थान ७ बस्ने ३० बर्षीय कृष्ण बहादुर थापा रहेका छन् ।
उनीहरुको उपचारको क्रममा नर्भिक अस्पताल थापाथलीमा गएराती १२ बजे मृत्यु भएको हो ।
काठमाण्डौबाट नारायणगढ तर्फ जादै गरेको लु१ख ४७ १७ नम्बरको ट्रक संग हिजो बेलुकी साढे ८ बजे, बा३१प ७४ ४५ नम्बरको मोटरसाईकल ठोकिएकोे हो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक लाई जिल्ला प्रहरी कार्यालय धादिङ्गले नियन्त्रणमा लिएको छ ।